LUCKNOW TRIP

PHOTOS FROM UMA

भारतकाे उत्तर प्रदेशकाे राजधानि लखनउकाे यात्रा २०७२ पुष २२ देखि २४ सम्म रमार्इलाे साथ भयाे । यात्रामा अग्रज पत्रकार कृयाशिल पत्रकार महिलाका संस्थापक अध्यक्ष संगिता लामा, वर्तमान अध्यक्ष सुवेक्षा बिन्दु तुलाधर, उपाध्यक्ष अमिका राजथला, महासचिव चन्दा बिष्ट, काेषाध्क्ष रामकला खड्का, सदस्य रमिता लामा लगायत संस्थाका साथिहरू गंगा, रूकमणि, दिपा, साेनि र म उमाकाे सहभागिता रह्रयाे ।

View original post

बागेश्वरी असल शासन क्लब नेपालगन्जको छैठौं महाधिवेशनका झलकहरु।।।।।।

नारी दिवशमा एक अर्काका पीडा सुन्दै रोए महिलाहरु

नेपालगञ्ज, चैत्र १ । बाके नौवस्ता १ दक्षिणलदौराकी ६४ बर्षीय देउमला शर्मा हजारौ महिलाहरुको माझमा माईक समातेर आफ्ना पीडा र समस्या सुनाउदै गर्दा आशु झारेर रुन थाल्नुभयो । सबै महिलाहरु भावुक र आँखाका कुनाकुनाबाट आशु निकाल्दै देउमलाका कुरा सुन्न थाले । प्रंसग हो बाकेको नौवस्तामा जहाँ १०२ औं अन्तराष्ट्रिय नारी दिवशको अवसर पारी पिडित जनसेवा विकास कार्यक्रम र दलित सेवा संघले गरेको वृह्त कार्यक्रमको । १५ बर्षदेखि एकल महिलाको जीवन विताउदै आउनुभएकी शर्मा बुढेशकालमा पनि एक मात्र छोरा २३ बर्षीया रामप्रसाद शर्मालाई आफैले बोकेर दिशापिसाव लिने देखि स्यारसुसार र हेरचार गर्दे आमा छोरोको पेट पाल्न दुख गर्दै आएको पीडा माईकबाट सुनाउदै गर्दा आफै आशु निकालेर रुन थाल्नुभयो । सुर्खेत लगामबाट बसाईसराई नौवस्तामा बस्दै आउनुभएकी वृद्ध तथा एकल महिला देउमला शर्माको् घर बाहेक आफ्नो जग्गा समेत छैन् । अरुको खेत वटाई देखि मजदुरी गर्दे अउनुभएकी उहाँले आफुलाई गाविस सचिव, संघस्थाले सहयोग पनि नगरेको र एकल महिला भत्ता पनि नपाएको पीडा सुनाउनुभयो । यस्तै कार्यक्रममा बाके चीसापानीकी ६० बर्षीया लालसुब्बा वादीले वादी समुदायलाई सबैले पछाडि पारेको र वादी हौ भन्दै हाम्रा छोरी बुहारीलाई समेत अपहेलाना र अपमान गर्ने गरेको पीडा सुनाउनुभयो । वादी समुदायमाथी जातीय विभेद कायम रहेको र आफ्ना परम्परागत शुल्पा बनाउने, मादल बनाउने पेशा हराएको भन्दै सरोकार निकायले विकल्प दिनुपर्ने माग गर्नुभयो । पहिलो पटक नौवस्ता, वनकटुवा र चीसापानी क्षेत्रका हजारौ महिलाहरुको जमघटमा भव्य रुपमा मनाईएको १०२ औ नारी दिवशमा दर्जन बढी महिलाहरुले आफ्ना समस्या, पिडा र अन्यायका ’boutमा कुरा राखे । कार्यक्रमा उपस्थित सम्पुर्ण नारीहरुलाई मञ्चमा सम्बोधन गर्दै नौवस्ता गाविसस्तरीय महिला सञ्जालका अध्यक्ष बुद्धि कुमारी थापाले नौवस्तामा भएका घरेलु हिसा, बहुविवाह, बालविवाह, यातना लगायतका महिलाहरुका समस्या सबैलाई सुनाउनुभयो । थापाले ग्रामिण तहमा महिलाहरुमा हुने घरेलु हिंसा, यातना, पीडाका समस्यामा स्थानीय प्रहरी प्रशासन र राजनैतिक दलले सहयोग भन्दा अपमान र अघि बढ्न नदिन्े गरेको आरँेप लगाउनुभयो । पहिलो पटक घर आगनमा मनाईएको नारी दिवशमा नौवस्ता महिला सञ्जालका सदस्य लौकी चौधरी, विर्मा पोडेल, बालीघरे दलित सञ्जालका पद्मकला परियार, लोकी विकले अझैपनि ग्रामिण तहमा महिलाहरुले परिश्रम अनुसार ज्याला नपाउने गरेको, कामको मुल्याकन नहुने गरेको गुनासो सुनाए । उनीहरुले हामी महिलाहरु घरको चुलाचौका पानी पधेरा र घाँस दाउरामै सिमित रहेको भन्दै थिचोमिचो सहन नहुने बताए । कार्यक्रममा सहभागी भएका महिलाहरुले तीज र तिहारमा माईती घरमा भेटघाट र जम्मा हुने महिला दिदिबहिनीहरु एकपटक नारी दिवशमा जम्मा भएकोमा खुशी व्यक्त गर्दे आगामी बर्षहरुमा यसलाई निरन्तरता पाउनुपर्ने माग गरे । नारी दिवशमा आयोजित वृह्त सभामा आयोजक पिडित जनसेवा विकास कार्यक्रममा अध्यक्ष रेशम परियार, दलित सेवा संघका कार्यक्रम संयोजक ईश्वरी वि.क, नेपाली काग्रेस जिल्ला सदस्य दशरथ थारु, एमाले प्रतिनिधी काली बहादुर खड्का, माओवादी प्रतिनिधी पदम सिजापती लगायतले नेपाली राजनैतिक परिवर्तनमा महिलाहरुको सहभागीता र भुमिका अवस्मरणीय रहेको उल्लेख गर्दै महिलाहरुमा माथि बढ्दो घरेलु हिसा, थिचोमिचो र विभेद अन्त्य तथा न्युनीकरणका लागि महिलाहरु सामाजिक, आर्थिक र राजनैतिक रुपमा शसक्क्तिकरण हुनुपर्नेमा जोड दिए । दिउसो १ बजे चीसापानी, नौवस्ता र वनकटुवा गाविसबँट प्लेर्काड, ब्यानरका साथ महिला हिसा अन्त्य गर, महिला अधिकार सुरक्षित गर, महिला माथीका विभेद अन्त्य गर, छोरा छोरी बराबर लगायका नारा लगाउदै आएको र्याली नौवस्तामा आएर वृह्त सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न महिलाहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । नारी दिवशको अवसर पारी एक्सनएड र आरडिएफको आर्थिक सहयोग, पिडित जनसेवा विकास कार्यक्रम र दलित सेवा सघको साझेदारीमा नौवस्ता गाविस स्तरीय महिला सञ्जालले आयोजना गरेको हो ।

परिवार नियोजनका साधनहरुमा पुरुषको सहभागीता न्यून

उमा, थापामगरबर्दिया, परिवार नियोजनका साधनहरु प्रयोग गर्नेहरुमा महिलाको तुलनामा पुरुषको संख्या एकदमै न्युन रहेको नेपाल परिवार नियोजन संघ, बर्दियाले जनाएको छ ।संघका शाखा प्रबन्धक नविन कुमार भटट्का अनुसार महिलाको तुलनामा पुरुषहरुले जम्मा १० प्रतिशत मात्र परिवार नियोजनका स्थाई तथा अस्थाई सेवाहरु लिने गरेका छन् । परिवार नियोजनका अस्थायी साधनहरुमा पुरुषको लागि प्रयोग गरिने एउटा मात्र साधन कण्डम भएको हुंदा महिलाको तुलनामा पुरुषको सहभागीता कम उहांको भनाई छ ।

त्यसमा पनि पुरुषले कण्डम प्रयोग गर्न झन्झटिलो मान्ने र यौन सम्पर्क गर्दा आनन्द नआउने भन्दै कम प्रयोग गर्ने गरेको परिवार नियोजनका युवा परिचालक सागर गौतम बताउछन् । कण्डमको प्रयोग परिवार नियोजनको अस्थायी साधन मात्र नभई यौन रोग तथा एचआइभी लाग्नबाट बचाउने साधनपनि भएको हुंदा कण्डमको प्रयोग गर्नु सुरक्षित र उचित भएको नेपाल परिवार नियोजन संघ बर्दियाका प्रबन्धक भट्टको धारणा रहेको छ ।

महिलाले प्रयोग गर्ने साधनहरुमा कपर टी, नरप्लान्ट, पिल्स, तीन महिने सुई, महिला कण्डम रहेका छन् । यस मध्ये पनि महिलाले आफूले चाहे अनुसारको कुनै पनि साधनहरु छनोट गरी प्रयोग गर्न सक्ने भएको हुंदा महिलाले पुरुषको तुलनामा बढी परिवार नियोजनका साधनहरु प्रयोग गर्ने गरेको प्रबन्धक भट्टको भनाई छ ।

परिवार नियोजन संघ बर्दियामा अस्थायी साधनहरुमा २००९ सम्ममा कण्डम १६ सय ७२, पिल्स १३ सय ८, डिपो १४ सय ५८, नरप्लान्ट २ सय ८०, महिला कण्डम ४ र कपरटी २७ जनाले प्रयोग गरेको तथ्यांक छ ।

त्यस्तै परिवार नियोजनका स्थायी साधनहरुमा पनि पुरुषको सहभागीता एकदमै न्यून रहेको छ । बर्दिया मेरी स्टोप्सका फिल्ड सुपरभाइजर गोपाल जंग शाहका अनुसार स्थायी बन्ध्याकरण गर्नेहरुमा पुरुष भन्दा महिलानै बढी रहेका छन् ।

समाजमा पुरुषले बन्ध्याकरण गर्यो भने कमजोरी हुने र शरिरलाई हानी गर्छ भन्ने भ्रम भएको हुंदा महिला आफैले पुरुषलाई बन्ध्याकरण गर्न लगाउदैनन् भन्छन् मेरी स्टोस्पका परामर्शदाता सकुन्तला अधिकारी । पुरुषले खेती पाती लगायत कठिन काम गर्नु पर्ने भएको हुंदा बन्ध्याकरणले समस्या सिर्जना गर्छ भन्ने समाजमा गलत धारणा रहेको छ ।

तर मेरी स्टोप्सका सुपरभाइजर शाह भन्छन, बन्ध्याकरण गर्दा महिलालाई भन्दा पुरुषलाई सजिलो हुने र बन्ध्याकरण पछि पनि पुरुषले ३ दिन आराम लिए पुग्ने तर महिलाले भने १ हप्ता भन्दा बढी आराम गर्नु पर्ने भएको हुंदा पुरुषले स्थाई बन्ध्याकरण गर्दा समस्या सिर्जना हुन्छ भन्नु गलत सोचाई हो ।

बार्दिया मेरी स्टोप्सको तथ्यांक अनुुसार महिलाले गरेको स्थाई मिनिल्याप २००७ मा ३७ जनाले, २००८ मा २ सय १९, २००९ मा १ सय २८ जना र २०१० मे सम्ममा ४९ जनाले सेवा लिएका छन भने पुरुषले गर्ने स्थायी भ्यासेक्टोमी २००७ मा १ जनाले, २००८ मा ८ जनाले, २००९ मा १० जनाले २०१० मे सम्ममा १ जनाले मात्र सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका निरिक्षक सुनिल कुमार पाण्डेका अनुसार समाजमा पुरुषले बन्ध्याकरण गर्दा कुनै पनि शारिरिक समस्या हुदैन भन्ने ’boutमा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रचार प्रसार गरिएको भएतापनि त्यो उपलब्धीमुलक हुन नसकेकोले स्वास्थ्य मन्त्रालयबाट नै समाजमा विद्यमान भ्रम हटाउन पहल गर्ने अवधारणा ल्याउन लागेको बताए । परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु महिलाले भन्दा पुरुषलेनै प्रयोग गर्दा महिलामा हुने धेरै किसिमका रोगहरुबाट बच्न सकिने निरिक्षक पाण्डे बताउछन् ।

तलाकको पत्रसंगै मोडिएको जीवनरेखा

उमा मगर/नेपालगन्ज
तलाक लेखिएको कागज हातमा परेपछि कौसर जहाा २० वर्षदेखि माइती बस्दै आएकी छिन् । तलाक लेखिएको त्यो कागज नै तलाकको प्रमाण हो भनेपछि उनी माईती बस्दै आएकी हुन् । तलाक लेखिएको कागजको भरमा माईती बस्नुको पीडाले उनलाई अझै पछ्याईरहकै छ । उनी भन्छीन-‘ससुराबाट यौन हिंसामा परेपछि माईती बस्नु पर्ने बाध्यता भयो । यौन हिंसा सहन नसकेर म माईती आउन बाध्य भए ।’
कौसरको विहे भएको २ वर्षसम्म सन्तान नभएपछि जचाउन जाादा श्रीमानबाट नै सन्तान नहुने प्रमाणित भयो । श्रीमानबाट सन्तान नहुने कुरा कौसरका ससुराले थाहापाए पछि उनी ससुराबाट यौन दुर्यव्यवहारमा पर्न थालिन । उनलाई यौन दुर्यव्यवहार गर्न पटक पटकको प्रयास सफल नभएपछि उनको ससुराले उनलाई धम्काउन गाली गर्न र मानसिक यातना दिन थाल्यो । घरमा कोही नभएको मौका छोपी उनलाई समात्ने अनि मानसिक यातना दिन थालेपछि उनले आफ्नो श्रीमानलाई आफ्नो पीडा भनिन । तर आफ्नो बुवाको विरुद्धमा श्रीमान बोल्न नमानेपछि उनी माईती आईन । माईती आएको केहि समयपश्चात श्रीमानले तलाक लेखिएको कागज पठाएपछि त्यसैको आधारमा उनी माईती नेपालगन्ज बस्दै आएकी छिन ।
मुस्लिम समुदाय भित्र तलाक भनेकै आधारमा महिलाले आफ्नो घरबार छोड्नु परेको यो एउटा उदाहरण मात्र हो । यस्ता अधिकांश मुस्लिम महिलाहरु छन जो कागजमा तलाक लेखेकै भरमा वा मुखले तिन पटक तलाक भनेकै भरमा सम्बन्ध विच्छेद भएको सम्झन्छन । मुस्लिम अगुवाहरुको भनाईमा मुस्लिमहरुको धार्मिक कुरानले तिन पटक तलाक भनेकै भरमा वा कागजमा तलाक लेखेकै भरमा तलाक मान्दैन । कुरानमा तिन पटक तिन महिनासम्म अनि सबै समाजको अगाडी गरिएको तालकलाई मात्र मान्ने गरेको छ । घरभित्र सिमित मुस्लिम समुदायका महिलामा चेतनाको कमी छ । शिक्षाको अभावमा पनि कतिपय मुस्लिम महिलाहरु यसरी नै हिंसामा पर्ने गरेको छ ।
महिला अधिकारकर्मी मैमुना सिद्दिकीका अनुसार मुस्लिम समुदायभित्र चेतना र शिक्षाको अभावमा महिलाहरु हिंसामा पर्ने गरेका छन् । आफ्नो अधिकारको ’boutमा जानकारी नहुादा पुरुषले जे भन्यो त्यसैलाई सत्य मान्नु पर्ने बाध्यताका कारण पनि महिलाहरु पीडित हुनुपरेको हो । उनी भन्छिन-‘ मुस्लिम समुदायभित्र तलाक र बहु विवाहका कारण धेरै जसो मुस्लिम महिलाहरु लैगिंक हिंसामा पर्ने गरेका छन् ।’ काम गर्ने मेसिनको रुपमा बुझिदिदा पनि मुस्लिम महिलाहरु हिंसामा परेको उनको भनाई छ ।
इन्द्रपुर-४ बस्ने केशर जहाा शेषको पीडा पनि यीनै मध्ये एक छ । माईती पक्षबाट सानै छदा विहे गरिदिएपछि श्रीमानबाट विना कारण उनी प्रताडित हुदै गईन । १५ वर्षसम्म श्रीमानबाट स सानो कुरामा दैनिक जसो कुटाई खानु उनको बाध्यता भयो । श्रीमानबाट मात्र नभएर सासु, ससुरा, देवर, देवरानी अनि नन्दसमेतबाट उनले कुटाई खानु पथ्र्यो ।
४ सन्तान भईसक्दा पनि उनीमाथी कुटपिट रोकिएन । उनी भन्छिन-‘मुस्लिम समुदायमा घर भन्दा बाहिर गयो भने वा विद्रोह गर्यो भने समुदायबाट नै बहिस्कार हुने हो कि भन्ने डरले घर परिवारबाट हुने हिंसा सहनु बाहेक अरु कुनै विकल्प थिएन ।’ उनलाई थप पिडा त्यतिबेला पर्यो जब श्रीमानले उनीमाथी सौता ल्यायो । घरमा सौता आएपछि त झन उनीमाथी घरका सबै परिवार खनिए । त्यसैको विरोध गर्दै उनले एक हप्ता अगाडी मात्र मुस्लिम महिलाको क्षेत्रमा काम गर्ने संस्था फातिमा फाउण्डेसनको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । तर, एकै घरमा बस्नु पर्ने बाध्यताका कारण उनीमाथीको हिंसामा कुनै पनि कमी आएको छैन । उनी अहिले मजदुरी गरेर आफ्नो जिवन निर्वाह गरिरहेकी छिन् ।
उनी जस्तै साहिदा पठानीन घरेलु हिंसामा परेपछि माईती बस्दै आएकी छिन् । आफु ७/८ वर्षको हुादा हातमा कलाई बााधेर घर परिवारले उनको विहे खजुरा गरिदियोे । आफ्नो उमेरसम्म थाहा नपाएकी साहिदा विहे भएको केहि समयपछि घरेलु हिंसाबाट पीडित भईन् । घरमा श्रीमानसंग झगडा भएपछि उनी माईती आईन ।
माईतीबाट फकाएर पुन उनलाई घर फर्काइयो । तर श्रीमानसंग पुन झगडा भएपछि उनी फेरी माईती आईन । माइती आएको केहि समयपछि श्रीमानलिन आउदा उनी जान मानिनन् उनी नफर्किएपछि उनको श्रीमानले लुकेर अर्को विहे गरेछ । केहि समयपछि उनी घरमा जाादा मात्र उनले थाहा पाईन उनमाथी त सौता पो आएछ । सौता आएपछि त दिनहु जसो श्रीमानसंग झै झैगडा हुने सौताले गाली गर्ने अनि मानसिक यातना दिन थालेपछि सहन नसकि माईतीको आसरामा पुगिन ।
माईती बसेको ३० वर्ष पुग्दासम्म नियम कानुनको ’boutमा जानकारी नहुादा कुनै पनि पहल नगरेकी साहिदाले अहिले आएर फातिमा फाउण्डेसनको सहयोगमा सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराएकी छिन् । उनको मुद्दा अहिले विचाराधिन अवस्थामा जिल्ला अदालतमा छ ।
नियम कानुनको अभाव त्यसमा पनि मुस्लिम समुदाय भित्रको डर त्रासले गर्दा मुस्लिम समुदायभित्रका महिलाहरु यस्ता अनेकौ लैगिंक हिंसाबाट पीडित हुने गरेको छ । फातिमा फाउण्डेसनमा यस वर्ष मात्र २० वटा लैगिंक हिंसाका उजुरीहरु परेका छन् । फातिमा फाउण्डेसनका अनुसार महिलाहरुमा अहिले आएर आफ्नो अधिकारहरुको ’boutमा अलि अलि भएपनि जानकारी भएको छ । संस्थाले मुस्लिम महिलाका अधिकारका कुरा उनीहरुलाई चेतना दिने शिक्षा प्रदान गर्ने तर्फ पहल गरेको हुादा लैगिंक हिंसाका उजुरीहरु पर्ने गरेको छ । ति मुद्दाहरु संस्थाको पहलमा मेलमिलाप गर्न मिल्नेलाई मेलमिलाप गराई दिने गरेको छ ।
मुस्लिम समुदायभित्र ठुलो समस्याको रुपमा रहेको लैगिंक हिंसाका विषयलाई अब मुस्लिम सहुदायले बुझ्नु पर्दछ । मुस्लिम समुदायभित्रका महिलाहरुको समस्यालाई समुदायकै समस्याका रुपमा हेरिए लैगिंक हिसामा कमी आउने देखिन्छ । धार्मिक ग्रन्थ कुरानमा लेखिएको कुरालाई सकारात्मक रुपमा व्यख्या गर्नु पर्दछ । मुस्लिम समुदायले मुस्लिम महिलाहरु पनि समुदायको सदस्य हो भन्ने कुरालाई विर्सन हुदैन । अनि मात्र मुस्लिम समुदायभित्र हुने यस्ता अनैकौ लैगिंक हिंसामा कमी आउनेमा दुई मत छैन ।

किशोरवस्थामा हुने परिवर्तनमा सहयोगको खाँचो

उमा मगर नेपालगन्ज, ६ असार ः स्थानीय एञ्जल्स माविमा अध्ययनरत मुस्कान थापा प्रत्येक महिना तीन चारदिन विद्यालयमा अनुपस्थित हुने गर्छिन । कक्षा ९ मा अध्ययनरत मुस्कानलाई जब रजस्वला हुन्छ, उनी विद्यालय जान सक्दिनन् । १३ वषर्ीया मुस्कानलाई रजस्वला हुंदा एकदमै नराम्रो गरी पेट दुख्ने समस्याले पिरोल्छ । उनी भन्छिन-‘रजस्वला हुंदा पेट दुख्ने हुंदा पढाईमा ध्यान जादैन अनि शिक्षकले पनि पढाइमा ध्यान नदिदा गाली गर्ने भएको हुंदा प्रत्येक महिना ३/४ दिन म विद्यालयमा अनुपस्थित हुन्छु ।’ यो समस्या मुस्कानको मात्र होइन । उनिजस्तै राममावि कोहलपुरमा अध्ययनरत रिता केसीेले पनि सोही प्रकारको समस्या प्रत्येक महिना झेल्नु परेको छ । कक्षा ८ मा अध्ययनरत रितालाई रजस्वला हुंदा तल्लो पेट दुख्ने र मानसिक तनाव पनि बढ्ने भएकोले विद्यालय जान मन लाग्दैन । १२ वषर्ीया रितालाई रजस्वला हुंदा मानसिक तनावले बढी पिरोल्ने हुंदा त्यतिबेला उनलाई पढाई गर्न मन नलाग्ने उनि बताउंछिन् । किशोरावस्थामा विभिन्न प्रकारका शारिरिक तथा मानसिक परिवर्तन हुने हुनाले मुस्कान र रिता जस्तै अधिकांश किशोरीहरुमा यस्ता समस्याहरु देखिन्छन् । बाल विद्यया मन्दिरका प्राचार्य कमला डिसीका अनुसार पनि रजस्वला हुने बेला किशोरीहरु महिनाको ३/४ दिन विद्यालय आउदैनन् । नियमित विद्यालय नआउदा पढाइमा असर परिरहेको उनको भनाई छ । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार केटा र केटीको उमेर १० देखि १९ वर्षसम्मको अवस्थालाई किशोरावस्था भनिन्छ । यो उमेरका केटा वा केटी दुवैमा विभिन्न खाले शारिरिक तथा मानसिक परिवर्तनहरु हुने गर्दछन् । जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका स्वास्थ्य सहायक तथा जनसांख्यीक कार्यक्रमका फोकल पर्सन अंगत बहादुर शाही भन्छन-‘यो उमेरका धेरै जस्तो किशोर किशोरीहरु एक्लो बस्न रुचाउंछन्, उनीहरु यतिबेला यौन, प्रेमका गफ गर्ने, सुन्ने र त्यस्ता खालका पुस्तक पढ्नतिर बढी आकषिर्त हुन्छन् । किशोर किशोरीहरु यो उमेरमा खुलस्त भएर आफ्ना कुरा राख्न सक्दैनन् । उनीहरुको समस्यालाई अन्य उमेर समूहका मानिसले नबुझिदिदा उनीहरु झन समस्यामा पर्ने गर्दछ । किशोरावस्थाको उमेर भएकाहरुले गर्ने व्यवहार अन्य उमेर समूहका व्यक्तिहरुलाई मन पर्देन । उनीहरुको मनोविज्ञानलाई नबुझिदिदा यो उमेर समूहका किशोर किशोरीहरु कुलतमा जाने सम्भावना बढी हुन्छ । जनसंख्या विषयका सहप्राध्यापक मनी गैरे भन्छन-‘ यो उमेर समूहका किशोर किशोरी हरुको मनोविज्ञानलाई सबै भन्दा पहिले अभिभावकले बुझन जरुरी छ । उनीहरुको मनोवैज्ञानिक पक्षलाई ध्यानमा राखेर उचित मार्ग निर्देशन दिन आवश्यक छ । जिल्ला जनस्वास्थ्य कार्यालय बांकेका प्रमुख धिरजंग शाह भन्छन-‘ यो उमेरका किशोर किशोरीको मनोभावनालाई हामीले बुझ्न जरुरी छ । उनीहरु यो उमेरमा छिन छिनमा रिसाउने, झर्किने, चञ्चल हुने देखि लिएर अपत्यारिलो व्यवहार गर्छन त्यसैले समयमै सचेत भई भविष्यका कर्णधार यी किशोर किशोरीहरुलाई कुलतमा जानबाट बचाउन सहयोग गर्न जरुरी छ ।’ उनका अनुसार किशोर किशोरी हरुको समस्या’bout छलफल गर्ने, परामर्श दिने र सिर्जनसिल कार्यमा लाग्न प्रेरित गर्न सबैको भूमिका जरुरी छ । किशोरावस्थामा हुने परिवर्तनलाई ध्यानमा राखेर घर परिवार, शिक्षक, अग्रजहरुको भूमिका महत्वपूर्ण हुन्छ । प्राचार्य डिसीले किशोरीहरुको समस्यालाई ध्यानमा राखेर विद्यालयमा रजस्वला हुने किशारीहरुलाई प्याड दिने र समय समयमा उनीहरुको स्वास्थ्यको ’boutमा जानकारी लिने गरेको बताईन । उनले किशोर किशोरीहरुको समस्या’bout विद्यालयमा पढाउने शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुनेहुंदा शिक्षक शिक्षिकाहरुले यो उमेरका किशोर किशोरीहरुलाई हप्काएर होइनकि सिर्जनसिल काममा सक्रिय गराउने र प्रोत्साहन साथै माया गर्न जरुरी भएको बताईन् ।