बेपत्ता भयो एशियाकै अग्लो हात्ती

दामोदर भण्डारी ठाकुरद्धारा-बर्दिया) ः बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको एशियाकै सबै भन्दा अग्लो हात्ति बेपत्ता भएको छ । विगत तिन वर्ष देखि सो अग्लो हात्ति निकुञ्जमा देखिन छाडेको छ । उ कहां छ, कस्तो अवस्थामा छ कसैलाइ पनि जानकारी छैन । सन १९९६ मा बेलायतबाट आएको जेबिएस नाम गरेको विशेषज्ञ टोलीले बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ति’bout अध्ययन गरेको थियो । दुइ वर्षको अध्ययनपछि सो टोलीले एशियाकै सबै भन्दा अग्लो हात्ति बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको प्रमाणित गरेको थियो । त्यस हात्तिलाई उनिहरुले ‘राजागज’ नाम दिएका थिए । हात्ति ’bout निकञ्ज प्रशासनले अनभिज्ञता प्रकट गर्छ । उसले यति मात्र भनिरहेको छ -‘खोजी गर्नु पर्ने हो तर हाम्रो मात्र केहि लाग्दैन ।’ राजागजको उचाइ ११ फिट ३ इन्च रहेको छ । ६० वर्ष उमेर पुगिसकेको राजागज जीवित छ या मरिसक्यो, कसैलाइ पनि थाहा छैन । राजागज हात्ति प्रति अहिलेसम्म न निकुञ्जले नै चासो देखाएको छ, न त सरकारले नैे खोज अनुशन्धान गरेको छ । नेपालको गहना मानिएको एशियाकै अग्लो हात्ति राजागजको तिन वर्ष देखि अत्तोपत्तो छैन । बर्दिया राष्ट्रिय निकुञ्जले राजागजको विषयमा कुनै जानकारी नभएको वतायो । निकुञ्जका निमित्त वार्डेन रमेश थापा भन्छन् – ‘राजागज जंगलमा देखा परिरहन्थ्यो, तिन वर्ष यता कहिं कतै देखिएको छैन ।’ राजागज बेपत्ताको खबरले अहिले ठाकुरद्धाराका होटल व्यावसायीहरु निकै चिन्तित भएका छन् । ‘जंगलमा जांदा एशियाको अग्लो आत्ति भन्दै विदेशी पर्यटकहरुले आनन्द लिन्थे, सजिलैसंग देखा पथ्र्यो अहिले तिन वर्ष जति भयो कहिं कतै फेला परेको छैन । होटल व्यावसायी शंकर भट््टराइले भने – ‘हामि अहिले दुःखीत भएका छौं किन भने हाम्रो यहांको मुख्य आकर्षण हराएको छ ।’ उनले राजागज देखिन छाडेपछि पर्यटक आगमनमा आएको कमिले गर्दा होटल व्यावसायीलाई ठुलो घाटा लागिरहेको वताए । राजागज हराउनुमा निकुञ्ज, सरकार र विश्व वन्यजन्तु कोष -डब्लु डब्लु एफ) दोषि रहेको ठाकुरद्धारका होटल व्यावसायीहरुको आरोप छ । यहांका होटल व्यवसायीहरु भन्छन् – ‘यी तिनै थरीको लापरवाहिले वर्दियामा रहेको एशियाको गहना पनि गुमाउनु पर्यो, सरकारलाई पनि राजश्व घाटा लाग्यो भने होटल व्यावसायी र आम नेपालीले समेत नोक्सानी व्यहोर्नु परेको छ ।’ निकुञ्ज र डब्लु डब्लु एफलाई राजागजको खोजी गर्न अनुरोध गर्दा पनि त्यसप्रति कुनै चासो नदेखाएको उनिहरुको दुःखेसो छ । राजागज हात्ती विश्व वन्यजन्तु कोष -डब्लु डब्लु एफ) को खोजीको विषय किन नबनेको होला ? धरैको प्रश्न बनेको छ यो अहिले । तर डब्लु डब्लु एफका कार्यक्रम संयोजक सन्तोष नेपालले नेपाल सरकारले उदाशिनता देखाएपछि डब्लु डब्लु एफले केहि गर्न नसक्ने वताउंछन् । उनि भन्छन्-‘ राजागज बुढो भएको मात्र हामिलाइ जानकारी छ, उ जीवित छ या मरेको छ त्यो हामी भन्न सक्दैनौ । एशियाको अग्लो हात्ति भएकाले उसको खोजी गर्न एकदम जरुरी छ । तर सरकारले चासो त देखाउनु पर्यो नि । यदि सरकारले अग्रसरता देखाएर सहयोग माग्छ भने हामि त्यसमा लाग्ने श्रोत साधन जुटाएर राजागजको खोजी गर्न तयार छौं ।’ के भन्छन् हात्ति विशेषज्ञ नेपालका एक मात्र हात्ति विशेषज्ञ डा.नरेन्द्र प्रधानका अनुसार, नेपालमा एक सय ५० बढी हात्तिहरुको संख्या रहेको छ । जस मध्ये सबैभन्दा धेरै हात्ति वर्दिया राष्ट्रिय निकुञ्जमा रहेका छन् । डा. प्रधानले वर्दियामा ८०, पर्सामा ३०, शुक्ला फांटामा ३० र सुनसरी क्षेत्रमा १० वटा हात्ति रहेको वताएका छन् । उनले हात्तिका लागि नेपाल राम्रो वासस्थान रहेको वताए ।ं तर उनले हात्ति प्रति सरकारले खासै चासो नदेखाएकोले चिन्ता व्यक्त गरे । राजागज हराएको प्रति डा.प्रधान निकै दुःखीत छन् । वर्दिया राष्ट्रिय निकुञ्जमा बसेर त्यहां रहेका हात्तिहरुसंग लामो समय विताएर हात्तिमा विद्यावारिधी गर्न सफल डा. प्रधानले त्यस समय राजागज हात्तिसंग नजिक हुने मौका पाएका थिए । ‘वर्दियाको जंगलमा बस्दा राजागजलाई मैले सधंै जस्तो भेटीरहन्थे । उ एक्लै हिंडथ्यो, असाध्य सिधा, कसैलाई हानी नोक्सानी नपुर्‍याउने सरल स्वभावको हात्ति थियो’- डा. प्रधानले भने – ‘तर अहिले देखिन छाडेको छ । मरेको भए पनि हाडखोर भेटीनु भर्ने, बांचेको भएपनि जगंलमा देखिनु पर्ने खोजीको विषय बनाएको छ ।’ उनले भारतसंग सिमा जोडिएकाले उतैको जगंल तिर गएको हुन सक्ने आशंका गरे । अहिलेसम्म नेपाल सरकारले औपचारीक रुपमा नेपालमा हात्ति कति छन् भनेर हात्तिको गनणा समेत गरेको छैन । राजागजले एशियामै नेपाललाइ चिनाएको्ले त्यसको खोजतलास गर्नु पर्ने डा. प्रधानले वताए । हेरौं नेपाल सरकारले राजागजको खोजी गर्छ गर्दैन ।

Advertisements

चिया पसलले बनायो लखपती

नेपालगन्ज, ३ असार ः मानिसको जिवनमा जब दुःख आइपर्छ, त्यसबेला साथ दिनेे कोही हुंदैन । आफ्ना पनि पराइ भइदिन्छन् । सुखमा रमाउने कमै हुन्छन् दुःखमा रमाउने धेरै भइदिन्छन् । यस्तै भयो विना पौडेललाई पनि । बर्दिया फुटाहा-२ निवासी विना आफ्नो परिवारका साथ घरमै थिइन् । २०५३ सालमा नेपालमा सशस्त्र द्धन्द्ध शुरु भैसकेको थियो । त्यसैबेला वेपत्ता भए विनाका श्रीमान । श्रीमानको खोजीमा विना निकै भौंतारिन तर कहिं अत्तोपत्तो लागेन । श्रीमानको वेपत्ताले एक्लो भएकी विनालाई त्यतिबेला झन् ठूलो विपत्त आईपर्‍यो, जब काखमा रहेको ढाइ वर्षको छोराको पनि अकस्मात मृत्यु भयो । एउटा आलो घाउ ओइलाउन नपाउंदै विना माथि अर्को ठुलो घाउ बल्भि विना भन्छिन – ‘श्रीमान बेपत्ता भएपछि म पागल जस्तो भएकी थिए । मलाई परेको दःुखप्रति घरपरिवारबाट कुनै सहयोग प्राप्त भएन । झन् मैले आफूलाई एक्लो महसुस गरे ।’ त्यसपछि आइपरेका कठिनाइलाई आत्मसाथ गर्दै दुःखका बाटाहरुलाई चिरेर आगाडी बढ्ने अठोटका साथ अर्को एक छ वर्षको छोरालाई माइतीमा नै छाडेर विना २०५३ सालमै बर्दियाबाट नेपालगन्ज झरिन् । 

विना नेपालगन्ज स्थित आफ्नी दिदीकहां बसिन् । दिदिले विनालाई बर्दिया पठाउन खोजेपछि उनले कुनै पनि हालतमा फर्केर नजाने बरु भांडा माझेर भएपनि यतै बस्ने अड्डी कसिन् । दिदीले साथी संस्थाबाट दुइ हजार रुपैयां सहयोग उपलब्ध गराइदिएपछि संघर्ष शुरु भयो विनाको । जिवनमा एक न एक दिन सफल हुने आत्मविश्वासका साथ त्यहि दुइ हजारबाट विनाले जिल्ला प्रशासन कार्यालय अगाडी चिया पसल राखिन् । 

छोरालाई पढाउने, आर्थिक स्थिती बलियो बनाउने लक्ष्यका साथ विनाले पांच वर्षसम्म प्रशासन अगाडी चिया पसल थापेर बसिन् । टन्टलापुर घाम होस वा कठाङ्ग्रीदो जाडो कसैको प्रवाह नगरी विनाले जुठा गिलास माझ्दै चिया बेचेर केही रकम जम्मा गरिन् । 

सोच र इच्छा बढ्दै गए विनाका । चिया पसलबाट होटल राख्ने योजना बनाइन् विनाले । तर त्यती धेरै पूंजी भने थिएन विनासंग । फेरी समस्या खडा भयो उनि माथि । संघर्षलाई जिवनको नाम दिने विनालाई यो अवस्थासम्म आई पुग्न पनि धेरै समस्याहरुको सामना गर्नुपर्‍यो । नेपालगन्जमा जिवन निर्वाह गर्ने आधारको नाममा खोलिएको चिया पसलमा पटक पटक चोरी भएपछि दिक्क भएर चार बाहिनी रोड नजिक साथी कृष्ण होटलको शुरुवात गरिन विनाले । 

यो होटल खोल्दा विनाले पुःन साथी संस्थाबाट पांच हजार र केही व्यक्तिबाट रकम सापट ल्याएकी थिइन । एक्लै विनाले ३ वर्षसम्म त्यो होटललाई चलाईन । होटलको शुरुवात गदर्ा उनले एक जना पनि काम गर्ने राखेकी थिइनन् । त्यतिबेला उनी विहानै ५ नबज्दै उठेर खाना पकाउनेदेखि लिएर, पस्कने अनि भांडा माझ्ने अनि होटलको सबै काम आफै एक्लै गर्थिन । त्यतिबेला उनलाई सहयोग गरेको थियो उनको जेठो छोरा कृष्णाले । ‘छोराको सहयोगले गर्दा मलाई नेपालगन्ज जस्तो ठाउंमा सहारा महशुस भएको थियो – विना भन्छिन् । आफुले पढ्न नपाएपनि उनले छोरा कृष्णलाई भने धेरै पढाउने चाहना राखेकीछन् । कृष्णा अहिले स्नातक तहमा अध्ययनरत छन् । 

तर नियतिको खेल उनको होटलमा एक दिन आगो लाग्यो । फेरी विनाको जिवनमा अर्को झट्का लाग्यो । चिया बेचेर कमाएको पैसा खरानी भएर उड्यो । तर पनि हरेस खाइनन् विना । ‘जिन्दगीमा आफ्नो मेहनतले केही गर्न खोज्दा पनि पटक पटक म माथि अवरोध खडा भए तर पनि म कहिल्यै हतोत्साही भइन् । निरन्तर संघर्षमा लागिरहें । भाग्यले मलाई यसरी नै प्रशिक्षण लिइ नै रह्यो । कहिल्यैे पनि मेहनतदेखि पछाडी नहटिन पुनःकाममा सक्रिय भइन विना । 

मेहनत र संघर्षलाई नै आफ्नो प्रगतिको प्रतिफल मान्ने विनाले त्यसपछि सुर्खेत रोड स्थित गणेशमान चोक नजिकै विभिन्न व्यक्तिहरुबाट सापटी ऋण्िा लिएर साथी कृष्ण कटेज खोलिन् । विनालाई आजभोली भ्याई नभ्याई छ । विहान उठेपछि दिनभरजसो भेटघाट र सरसल्लाहमा नै व्यस्त हुने गर्छिन अहिले विना । दुइ हजारबाट शुरु गरेको सानो चिया पसलले विनालाई अहिले लाखौंको मालिक बनाइ दिएको छ । उनको दिनचर्या भेटघाट र सरसल्लाहमा नै वित्ने गरेको छ । अथक प्रयास र मिहिनेतपछि सुर्खेतरोडमा उनले खोलेको साथी कृष्ण कटेज नेपालगन्ज भरी परिचित नाम बनेको छ । विनाको दैनिक दिनचर्या यहि कटेजमा बित्ने गर्छ । 

विहान ७ बजे उठेपछि दुइ घण्टा पूजाआजा गर्नमा व्यस्त विना हुन्छिन् । ‘मेरो आफ्नो लागि छुट्याएको समय भनेको यहि दुइ घण्टा हो, यस समयमा म ढुक्क भएर पूजाआजा गर्छु । – विना भन्छिन् । त्यसपछि भने उनको समय होटल र भेट गर्न आउनेहरुबीच नै वित्ने गर्छ । उनी हास्ंदै भन्छिन – अहिले त मसंग एक छिन बसेर गफ गर्ने फुर्सत पनि छैन । थुप्रै हन्डर खाएर पिडा माथि पिडा भोग्दै भौंतारिएर हिंडेकी विनाले अहिले ३० लाख भन्दा बढीको सम्पत्ती जोडेकी छिन् । 

कामप्रतिको लगनशिलता र आत्मविश्वास लिएर हिडेपछि महिला होस् या पुरुष सफलताको शिखरमा पुग्न सक्छ भन्ने उदाहरण बनेर देखाइ दिएकी छन् विनाले । विनाको त्यहि सफलताको प्रतिफल हो साथी कृष्ण कटेज । कुनै बेला दुइ जना कर्मचारी राखेर शुरुवात गरेको होटलले कटेजको रुप धारण गरेपछि यहां अहिले २२ जना कर्मचारीले काम गरिहेका छन् । उनीकहां अहिले मासिक खाना खाने ८० जना भन्दा धेरै छन् भने कटेजमा दैनिक ग्राहकहरुको भिडभाड नै हुने गर्दछ । विनाले साथी कृष्ण कटेज ५ वर्षको लागि लिजमा लिएर संचालन गरेकी छन् । विनाको चाहना छ अब आफ्नै जग्गामा कटेज स्थापना गर्ने । ‘साथी संस्थाले गरेको सहयोग अहिले मेरा लागि वरदान सावित भएको छ । विना भन्छिन्-‘आपत विपतबाट पछाडी नहटी संघर्ष गरेर अगाडी बढे अवस्य पनि एक दिन लक्ष्य हांसिल गर्न सकिन्छ भन्ने म सबैलाई सल्लाह दिन्छु ।’

मृत्युको मुखबाट बचेकी सबिना भन्छिन्…………………..

नेपालगन्ज, २९ जेठ ः ‘घरमा श्रीमानले,माईतीमा दाई, भाईले निल डाम पर्ने गरि संधै पिटने गरेको हुंदा मैले आत्महत्या गर्न खोजेकी हुं’- मृत्युको मुखबाट जोगीएकी नाबालिक सबिना शेषले आफ्ना पीडा यसरी पोखिन् ।

उनि अहिले विछिप्त छिन् । एक्लै एकोहोरीएर टोलाइ रहन्छिन् । १५ वषर्ीया सबिनाको एक बर्ष अघि बांके उढरापुरका ४० वषर्ीय रहमद अलि शेषसंग विवाह भएको थियो । अर्कै केटालाइ मन पराएपछि सबिनाको विवाह माइतीले रहमदसंग गरिदिएका थिए ।

‘अहिले विहे गर्दिन भन्दा भन्दै माईतीले पिटेर जबरजस्ती मेरो विवाह गरिदिए, अहिले मेरो यो हाल हुन पुग्यो ।’ – सबिनाले रुंदै भनिन् । विवाहपछि सबिनाले श्रीमानको निकै यातना सहनु पर्‍यो । आफ्नो शरिर छुन नदिएका कारण सबिनाले दिनहुं श्रीमानबाट यातना खानु पर्‍यो । उनको शरीरका विभिन्न ठाउंमा श्रीमानले पिटेका निल डाम रहेका छन् ।

सबिना एकोहोरो भित्तातिर टोलाउंदै भनिन् – मेरो इच्छा विरुद्ध विवाह गरिदिएको हुंदा मैले मेरो शरिर छुन दिंइन त्यसपछि श्रीमानले मलाई सधैं पिट्न थाल्यो’ । दिनदिनै सबिनाले असह्य यातना र पीडा पाउन थालिन । एक त सानो उमेर, त्यसमा पनि यातना । दुःख, पिडाले विरक्तिएपछि सबिनाले मर्ने बाहेक अरु विकल्प देखिनन् ।

५ दिन अघि सबिना मर्नका लागि धम्बोझी पुगिन र ट्रकको अगाडि हाम्फाल्न लाग्दा धम्बोझीका स्थानीयवासीहरुले उनलाई बचाएका थिए । अहिले सबिना जिल्ला प्रहरी कार्यालयमा छिन् । उनलाइ मृत्युको मुखबाट बचाएर धम्बोझीका स्थानिय बासिन्दाले जिप्रका पुर्‍याएका हुन् ।

‘श्रीमानको कुटाईबाट आहात भएर माईती जोगागाउं-७ आउंदा दाई भाईले तलाई हामिले विवाह गरेर पठाइ सकेका छौं, अब तं यहां बस्न पाउदिनस्, जसरी पनि घर जा भन्दै पिट्ने गर्थे । ‘ सबिना पाएका यातना खोत्लदै भनिन् – ‘माईतीबाट पनि पिटेर भगाउने, श्रीमानले पनि पिटने, गिजरा स्थित दिदी जांदा पनि दाइभाइ आइ मलाई जबरजस्ती श्रीमानको घरमा पुर्‍याउने गर्थे ।’

विवाह भएको १ वर्ष पुग्न लाग्दा पनि सबिना यसरी नै कहिले श्रीमानको हातबाट त कहिले माईतीबाट शारीरिक यातना सहदै बसिन् । सबिना भन्छिन-‘घर परिवार र माईतीबाट शारिरिक यातना सहि नसक्नु भएपछि म मर्न भनि ट्रकको अगाडि गएकी हुं । ‘

सबिना फेरी श्रीमानको घरमा गएर बस्न चांहदिनन् । कक्षा ८ मा पढ्दै गरेरी सबिना सबैबाट स्वतन्त्र भएर पढ्न चाहन्छिन् । निकै मानसिक तनावमा रहेकी सबिनाले यस समचारदातासंग विलौना पोख्दै भनिन् – मलाइ यातना खुवाउन घरमा नपुर्‍याइयोस । म यसरी बांच्न सक्दिन । म पढ्न चाहन्छु, ठुलो मान्छे बन्न चाहन्छु ।

जिल्ला प्रहरी कार्यालय बांके महिला सेलकी प्रहरी सहायक निरिक्षक ज्ञानु थापाले श्रीमानबाट सबिनाले निकै यातना पाएको वताइन् । रहमदसंग छुटापत्र गरेर अधुरो पढाईलाई निरन्तरता दिने र पुलिस वा नर्श बन्ने सविना इच्छा राख्छिन् ।

प्रहरी सहायक निरिक्षक थापाले उनी एक नाबालिक भएको हुंदा पनि उनिमाथि यसरी जबरजस्ती अत्याचार भएको वताइन् । निरिक्षक थापा भन्छिन – अब सविनालाई उनको घर परिवार, माईती सबैको रोहबरमा राखेर कागज गरेर सविना सुरक्षित जहां हुन्छिन त्यहां पठाउने छौं ।

बालबालिकाको क्षेत्रमा बांके जिल्लामा मात्र दर्जन बढी सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले काम गर्ने गर्छन तर सबिना माथि यस्तो यातना हुंदा पनि कसैले चासो देखाएका छैनन् ।

सर्बत उद्योगले बनायो महिलालाई आत्मनिर्भर

विनय राज भण्डारी

बर्दिया, जेठ ३० ः नगदेबाली गंहु काटीसकेपछि र वषर्ा शुरु हुनु पुर्व तिन महिनाको समयमा यहंाका थारु महिलालाई अब काम खोज्न टाढा जानु पर्देन । उनिहरुका लागि रोजगारीको थलो बनेको छ बर्दियाको ढोढरी गाविस स्थित नव दुर्गा सामुदायिक बेल सर्बत उद्योग ।

यहांका स्थानिय थारु महिलालाई प्रत्यक्ष रुपमा यस उद्योगले रोजगारी दिएपछि आयस्रोतको बाटो बनेको छ उनिहरुको । सांझ बिहान भान्सा अनि दिनभर घरको करेसाबारिमा काम गर्दा पनि चुरा धागो किन्न श्रीमानसंग हात जोडनु पर्ने बाध्यताबाट मुक्ति पाएको ढोढरी गाविस ओराली बजारकी रमिता चौधरी वताउंछिन् । उनि फुर्सदिलो भइरहेका बेला अहिले रोजगारीबाट पैसा आउन थालेपछि रमिता दंग छिन ।

छ हजार पांचसय ज्याला पाइरहेकी रमिताले उद्योगमा काम गरेको ज्याला पाउनका लागि औला भाच्दै जेठको अन्तिम कुरीरहेकी छिन् । बेलको सिजन र यस बेला उद्योगमा कामको चांप बढेपछि यहां रमिता जस्ता दर्जन भन्दा बढिले महिलाहरुले रोजगार पाएका छन ।

नव दुर्गा सामुदायिक बेल सर्बत उद्योगले जंगलमा खेर गइरहेको बेललाई प्रशोधन गरेर जुस बनाउने गरिन्छ । यस उद्योगमा कामदार महिलाहरु कोहीले बेल ल्याएर पखाल्छन् भने कसैले तयार भएका बोतलमा लेबल लगाउंने काम गर्छन् । यस उद्योगमा काम गर्नर् थालेपछि घर खर्च टार्न सजिलो भएको उनीहरु बताउछन ।

उद्योगबाट राम्रो कमाई हुन थाले पछि उनीहरु खुसी छन । ‘मलाई यस्तो काम गर्नु पर्छ भन्ने थाहा थिएन ।’- रमिताले भनिन – उद्योगमा काम गरेकाले बेल धुने देखी सबै काम जानिसकेकी छु । यसमा राम्रो आम्दानी हुने हुंदा कतिपय महिलाहरु त सिलाई कटाई छोडेर यस उद्योगमा काम गर्न थालेका छन् । ‘बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म काममा खटिनु पर्छ ,बिचमा १ घण्टा खाजा खानको लाागी समय पाईन्छ । दिनको ७ देखी ८ घण्टा काम गरिन्छ, दैनिक ज्याला २ सय हुन्छ ।’- सिताले बताईन । रातिमा काम हुने भएपनि महिलाले भने काम गर्देनन् ।

‘यस अघि हामीहरुलाई घर चलाउन गाह्रो पर्दथ्यो, छोराछोरी पढाउन मुस्किल थियो । उद्योगमा काम गरेपछि अरुसंग हात थाप्न जानु पर्दैन, यहांबाट कमाएको पैसाले पुग्छ । यसले पनि महिलाहरुको झन आत्मविश्वास बढेको छ – सिताले भनिन ।

दुइ बर्ष अघि स्थापना भएको उद्योगमा अहिलेसम्ममा ५० जना भन्दा बढि महिलाहरु काम गर्ने दक्ष कामदार भएको बेल सर्बत उद्योगका म्यानेजर गिता प्रसाद भट्राईले बताए । उनले भने – उद्योग संचालनका लागी बाहिरबाट कामदार ल्याउनु पर्ने अवस्था छैन । यहिका महिलाहरुले राम्रो काम गरेका छन् । २५ वटा सामुदायिकको आर्थिक सहयोगमा संचालन भएको उद्योगले स्थाई रुपमा २५ जनालाई रोजगार दिएको कार्यालयले जानकारी दिएको छ । बजारीकरण र प्रचार प्रसार हुन नसकेको कारणले सोचे जस्तै गरि उद्योग फस्टाउन नसकेको अध्यक्ष कृष्ण परियारले गुनासो गरे । यहांबाट उत्पादीत बेलको सर्बत नेपालगन्ज दाङ लगाएत विभिन्न शहरमा जाने गरेको छ ।

४ मा ४…. ४ खेलमा कमाल

नेपालगन्ज, २७ जेठ ः नेरी थापा भन्ने वितिकै नचिन्ने कमै होलान । क्रिकेट क्षेत्रमा यो झनै चर्चित नाम हो । उनि मात्र होइन परिवार नै खेल क्षेत्रमा छ । स्थानिय स्तरमा मात्र होइन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै ख्याति कमाएको छ नेरीको परिवारले । नेपालगंज नगरपालिका-१७ निवासी नेरीको परिवारमा चार सदस्य छन् । बुवा वक्सिङ्का खेलाडि हुन भने आमा उसुकी र दिदी ब्याड्मिन्टन र फुटबलकी । परिवारलेनै खेल क्षेत्रमा नाम कमाएको देख्दा उनिहरुलाई चिन्ने सबै दगं परेका छन् । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत भइसकेकी नेरी क्रिकेट खेल शुरु गरेको तिन वर्षमै अन्तराष्ट्रिय स्तरमै आफुलाई मात्र चिनाइनन् आफ्नो देश नेपाललाई पनि सबैको सामु परिचित गराइन् । अत्यन्त सुशील सिलसोभावकी नेरीले २०६२ साल देखि औपचारीक रुपमा क्रिकेट खेलमा होमिएकी हुन् । २०६२ सालमा नेपालमै पहिलो पटक बाँकेमा आयोजना गरिएको अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा नेरी पहिलो पटक सहभागि भइन् । विभिन्न चरणका खेलहरु पार गर्दै उनलेे आफ्नो टीमलाई फाइनलमा पुर्‍याइ प्रथम स्थान दिलाउन सफल भइन् भने वेष्ट फिल्डिङ्को उपाधी आफुले पाइन् । त्यसपछि अगाडि बढ्यो उनको क्रिकेट जिवन । सोहि वर्ष रोयल स्पोर्टस क्लवले नेपालगंजमा आयोजना गरेको क्लव स्तरीय महिला क्रिकेटमा उनको टीम प्रथम भयो भने नेरीले ओमेन अफ्दी सिरिजको उपाधि पाइन । क्रिकेटमा अलराउण्डर खेलाडीको रुपमा चिनिने नेरीले बलीङमा आफुलाई पोख्त खेलाडी मान्छिन् । ‘सबै ठाउंमा मज्जाले खेल्छु तर बलीङमा बढी रुचि छ’-नेरीले भनिन् । रुची र चाहाना अनुसार उनि क्रिकेटमा लागेकी भने होइनन् । स्थानिय मंगल माविका शिक्षक दुर्गा थापाको प्रेरणाबाट उनि क्रिकेट क्षेत्रमा भित्रिएकी हुन् । आमा निर्मला भन्छिन-क्रिकेट खेल्न जा भन्दा रिसाउंथी भाग्थि, समातेर खेल्न पठाउथ्यौं । अहिले छोरीले नाम कमाउंदा निकै खुशी लागेको छ । वुवा, आमा खेलाडी हुनु र रगंशालासंगै घर जोडिएकोले पनि खेलमा नेरीलाई ठुलो सफलता मिलेको हो । विभिन्न आरोह अवरोह पारगर्दै नेरी राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा छनौट भइन् र टोलीको नेतृत्व गर्दै सन २००७ मा मलेशियामा भएको एशियन महिला क्रिकेट प्रतियोगिता -एसिसि) मा भाग लिने अवसर पाइन् । यस प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । विभिन्न देशसंग खेल्दै आफ्नो टीमलाई फाइनलमा पुर्‍याइन् नेरीले । वगंलादेशसंगको फाइनल खेलमा पराजय व्यहोरे पनि नेरीले पहिलो पटकमै नेपाललाई एसिसि कपको दोस्रो विजेता बनाउन सफल भइन । आफु पनि एशियन वेष्ट वलर घोषित भइन् । त्यसपछि उनि फेरी अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसि ट्वान्टी ट्वान्टि क्रिकेटमा सहभागि भइन् र यस प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेरी केही दिन अघि राजधानीमा आयोजना भएको वाइवाइ ट्वान्टि ट्वान्टि राष्ट्रिय क्रिकेट प्रतियोगिमा सहभागि भएर फर्किर्र्र्एकी छन् । नेरी हालै मात्र वेष्ट इमर्जिङ एशियन ओमेन क्रिकेर अफ्द इएरबाट सम्मानित भएकी छन् । एशियाली क्रिकेट परिषदद्धारा यहि जुलाइ ५ मा पाकिस्तानमा आयोजना गरिएको एसिसि रजत महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुन तथा खेल अवलोकन गर्न गएकी नेरीले अवार्ड पाउनेमा आफ्नो नाम रहेको त्यतिखेर मात्र थाहा पाइन, जतिखेर महोत्सव मनाइरहेका बेला उनको नाम माइकमा पढेर सुनाइयो । ‘गेम हेर्न गएको मान्छे अवार्ड पाउंछु भन्ने कल्पना पनि गरेकी थिइन-नेरीले हांस्दै भनिन-जब नाम सुनाइयो ममा खुशीको सिमा नै रहेन । उनले चांडै आफुले विवाह नगर्ने र खेललाई निरन्तरता दिने वताउंछिन् । उनि क्रिकेट मात्र होइन व्याडमिन्टनकी पनि अन्र्तराष्ट्रिय खेलाडी हुन । नेरीले व्याडमिन्टनमा आधा दर्जन राष्ट्रिय तथा दुई वटा अन्र्तराष्ट्रिय पदकहरु हात पार्न सफल भएकी छन् । उनले छ वटा राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफु प्रथम भएको वताइन । त्यस्तै सन २००७ मा कोलकातामा भएको साउथ एशियन गेममा तेस्रो भइन भने सन २००८ मा मलेशीयामा भएको एशियन व्याडमिन्टन च्याम्पियनसिपमा सहभगिता जनाएकी थिइन । चीनबाट व्याडमिन्टनको उच्च स्तरको तालीम लिएर नेपाल फर्किएकी १८ वषिर्या नेरी १२ कक्षामा अध्ययनरत छिन । नेरीका वावु लीलु थापा राष्ट्रिय खेलकुद परिषद्मा वक्सिङका प्रशिक्षक छन् । ५१ वषिर्य लीलुले छोरी उत्कृष्ट खेलाडी बनोस र आफु र आफ्नो देशलाई विश्वसामु चिनावस भन्ने आफ्नो चाहना रहेको वताउंछन् । नेरीकी आमा निर्मला पनि उसुकी राष्ट्रिय खेलाडी हुन । श्रीमानको प्रेरणाबाट विवाहपछि मात्र आफुले उसु खेल सिकेको निर्मला वताउंछिन् । उनि धरानमा भएको राष्ट्रिय उसु प्रतियोगितामा दोस्रो भएकी थिइन । निर्मला अहिले शिक्षण पेशामा लागेकी छन् । नेरीकी दिदी मेरी पनि व्याडमिन्टनकी राष्ट्रिय खेलाडी हुन । उनि ३१ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा दोस्रो भएकी थिइन । मेरी अहिले वहिनीको दांजोमा पुग्न क्रिकेट खेल्नमा व्यस्त छन् । उनले आधा दर्जन जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताहरु खेलिसकेकी छन् । दिदी, बहिनी रगंशालामा गएर विहान क्रिकेट र वेलुका व्याडमिन्टन खेल्ने गर्दछन् ।

आधुनिक प्रविधिले तेलीहरुको पेशा संकटमा

नेपालगन्ज, ः पुर्खादेखी तेल पेलेर दैनिक जीवन निर्वाह गर्दै आएका तेलीहरुले अहिले आएर उक्त पेसा छोड्नु परेको छ । नेपालगन्ज-२ बस्ने हरि नारायण साहुलाई आधुनिक प्रविधिका कारण आफ्नो पुख्र्यौली पेशा छोड्नु परेको हो ।
तेल पेलेर जीवन निर्वाह गर्ने भएकोलेनै तेली भनेर चिनिएका साहु जातीले आफ्नो पुख्र्यौली पेशा दिनप्रतिदिन छोड्नु परेको बाध्यता सृर्जना भएको हरि नारायण साहुको भनाई छ । पुरानो प्रविधिले संचालन गरिने उक्त पेशामा अहिलेको नयाँ प्रविधिले त्यो स्थान ओगटी सकेको हुँदा साहु जातिको उक्त पेशा अहिले संकटमा परेको हो । पुरानो प्रविधि अनुसार काठको कोलुमा बैल -गोरु) लाई बाँधेर तोरी पेल्दा १ किलो तोरीको लागि ५ घण्टाभन्दा बढी समय लाग्ने र अहिलेको नयाँ प्रविधिमा १ किलो तोरी पेल्दा आधा घण्टापनि समय नलाग्ने भएको हुँदा आफ्नो पुख्र्यौली पेशा छोड्नु परेको  साहु समाजका उपाध्यक्ष विमल साहुले बताए ।
साहु जाति पहिलेदेखि नै आर्थिक रुपमा पिछडिएको हुँदा तेल पेल्नको लागि आएको पछिल्लो महंगो नयाँ प्रविधिलाई अंगाल्न नसकेको कारण पेशा छोड्नु परेको बाध्यता उत्पन्न भएको विमल साहुको भनाई छ । जुन पेशाले आफूहरुलाई समाजमा चिनाउनमा मद्दत गर्‍यो त्यो पेशालाई छोड्नु परेको बाध्यताप्रति विमलको दुखेसो पनि छ ।
बाँके जिल्लाका अधिकांश गाविस र नगरपालिकामा समेत छरिएर बसेका साहु जातिले पहिले पहिले तेल पेलेर जीवन निर्वाह गर्ने गरेपनि अहिले आएर उनीहरु मध्य ९० प्रतिशतले आफ्नो पुख्र्यौली पेशा छाडी सकेको भन्छन् -साहु समाजका अध्यक्ष हंशराम साहु ।
साहु समुदायमा जनचेतनाको अभाव छ । जनचेतनाको अभावका कारण शुरु देखीनै आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्न नसक्दा अहिले आएर उक्त जातीले दैनिक जिवन निर्वाह गर्न अन्य पेशा अपनाई रहेका छन् । बाँके जिल्लामा बसोबास गर्ने अधिकांश साहु जातीको समुदाय अहिले आएर व्यापारी, नोकरी, ठेला, गाडामा काम गर्ने गरेको अध्यक्ष साहुले बताए ।
पिछडा वर्गभित्र पर्ने साहु जाति आर्थिक, सामाजिक, शैक्षिकरुपमा पीछडिएको छ । राज्यद्वारा नै यो समुदायलाई पिछडा वर्गभित्र समावेश गरिएको छ । समाजका सहसचिव नन्दलाल साहुका अनुसार विभिन्न क्षेत्रमा यो समुदायको पहुँच हुन नसक्दा पनि
राज्यबाट उपेक्षित हुनुपरेको छ ।
एकातिर आफ्नो पुख्र्यौली पेशा छोड्नु पर्ने बाध्यता छ भने अर्कोतर्फ राज्यबाट नै उपेक्षित हुनुपरेको पीडा छ । नन्दलाल साहु अगाडी भन्छन ‘राज्यले हाम्रो पेशालाई संरक्षण गर्न लगानी गरिदिएको भए हामीलाई आफ्नो पेशा छोड्नु पर्ने थिएन ।’
नेपालगन्ज-११ बस्ने लल्लीदेवी साहु आफ्नो समुदायको पुर्खौली पेशा गर्न त चाहन्छिन् तर प्रविधि पुरानो भएको र अहिलेको नयाँ महंगो प्रविधिलाई आर्थिक समस्याका कारण लिन नसक्दा छाड्नु नै उचित भएको भन्छिन् ।
त्यस्तै फुल्टेक्रा बस्ने आरती देवी साहुपनि अब साहु जातीले पुरानो प्रविधिबाट संचालन हुने उक्त पेशालाई छोड्नु नै उचित भएको भन्छिन् । समय अनुसार अब पुर्खौली पेशालाई छोडी नयाँ पेशा अपनाउँदा नै आफ्नो जाती अगाडी बढने आरतीको भनाई छ ।
मधेशी समुदायभित्र पर्ने साहु जाती बाँके जिल्लामा ४ हजार भन्दा बढीको जनसंख्यामा बसोबास गर्छन । आफ्नो समुदाय हरेक क्षेत्रबाट पिछडिएको हुँदा पनि पुख्र्यौली पेशा संरक्षण गर्न नसक्नु यो समुदायको बाध्यता हो । समाजका सचिव बाबुराम साहु राज्यले यो जातीको पेशा संरक्षण गर्न उक्त पेशामाथी लगानी गर्नु पर्ने बताउँछन् ।
राज्यले पेशा संरक्षण गर्न लगानी गर्न सक्दैन भने राज्यको छुट्टै कोटा मार्फत आर्थिक उपार्जनमा सहयोग गर्नु राज्यको जिम्मेवारी भएको सचिव बाबुरामको भनाई छ ।

गिरिजा बाबुको सम्झनामा घन्किन थाले कल ब्याक टोन

नेपालगन्ज,
भाँचियो सारा नेपालीको गजुर
रुवाउँदै हामीलाई जानुभो हजुर
गिरिजाबाबु हामीतपाईलाई
सधंै सधैं सम्झीरहुँला
सधैं सधंै सम्झीरहुँला…..
यो कुनै एल्बमको गीत होईन । यो त आजभोली प्राय हरेकका मोबाईलमा बज्ने रिङ्गटोन हो । गिरिजाप्रसाद कोईरालाको निधनपछि उनको सम्झना र सम्मानस्वरुप यो रिङ्गटोन अहिले अधिकांश नेपालीको मोबाईमा घन्किन्छ ।
प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता र मानवअधिकारको पक्षमा वकालत गर्ने स्व. कोइरालाको मृत्युले सम्पूर्ण देशवासी मर्माहत भई उनको स्मरण र सम्मानस्वरुप उक्त रिङ्गटोन मोबाईलमा राखेको बताउछन् नेपाल पत्रकार महासंघका केन्दि्रय महासचिव पोषण केसी ।
प्रेस स्वतन्त्रताविना देशमा कुनै पनि परिवर्तन हुदैन भन्ने कोईरालाको भनाई र व्यवहारले गर्दा नै शिखर पुरुषलाई स्मरण गर्न रिङ्ग ब्याक टोन राख्न मन लाग्यो-महासचिव केसीले भने ।
काँग्रेसप्रति आस्था राख्ने होस् या गिरिजाप्रति सम्मान गर्ने जो कोहीले आजभोली सम्मान र श्रद्धाञ्जलीको रुपमा गिरिजाबाबुको नाममा बनेको रिङ्ग ब्याक टोन राख्ने गरेका छन् । शिखर पुरुषको मृत्यु हुँदा वास्तविक श्रद्धाञ्जलीको रुपमा गिरिजाबाबुको रिङ्ग ब्याक टोन समसामायीक र सान्दर्भीक लागेको हुँदा राखेको बताउँछन बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाह ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्शमा ल्याई पुर्‍याउनमा कोइरालाको महत्वपूर्ण हात छ । पछिल्लो समयमा उनले देश र जनताप्रति गरेको बहुमुल्य योगदानलाई कहिल्यै बिर्सन सकिदैन त्यसैले उनलाई सधै सम्झीरहन र शुभचिन्तक भएको नाताले पनि रिङ्ग ब्याक टोन राखेको भनाई छ नेपाल प्रेस युनियनका सदस्य र सन्चारकर्मी विमल चन्दको ।
कोइरालालेे देखाएको शान्ति, विकास र उनको राजनीतिक इच्छा शक्तिको अनुशरण गर्न र जसले फोन गर्छ उसले पनि एकपटक गिरिजालाई सम्झीन पुगोस् भन्नको लागि रिङ्ग ब्याक टोन राखेको नेपाल विद्यार्थी संघ मब क्याम्पसका इकाई सभापति भुम भण्डारीले बताए । उनले कोइराला नेपालकै अभिभावक भएको कारणले पनि उनको सम्झनामा कपाल काटेको जनाए ।
स्व.कोइराला नेपाली काँग्रेसका मात्र होइनन् पछिल्लो चरणमा उनले सम्पूर्ण देशको लागि गरेको जुन निर्णय थियो त्यो सम्मानयोग्य छ । मुलुकको परिस्थीती अनुसार जनताले ठूलो आशा र अपेक्षा राखेका थिए उनिबाट । उनको आफ्नो राजनीतिक उचाईसंगै सबैलाई मिलाएर लैजान सक्ने क्षमताको कारण पनि उनलाई गुमाउनुपर्दाको पीडा, उनीप्रतिको विश्वास, आस्था नै यो रिङ्ग ब्याक टोन बन्न पुग्यो -नेकपा माओवादीका आईपी खरेलले भने ।
गिरिजाबाट जनताद्धारा पछिल्लो समयमा जुन अपेक्षा गरिएको छ त्यो अविलम्ब पुरा होस् भन्नको लागि र उनको सम्मानको लागि रिङ्गटोन राखेको भन्छन नेकपा एमाले बाूकेका जिल्ला सचिव रत्न खत्री ।
शिखर पुरुष कोइराला अब मात्र नेपालीको मानसपटलमा रहने छन् र सम्झनाको दियोको रुपमा सधै बलि रहनेछन् । उनलाई सम्झन सबैको आ-आफ्नो शैली होला । जसको जे शैली भएपनि उनले देश र जनताप्रति गरेकोे पछिल्लो समयको योगदानलाई कसैले चाहेर पनि भुल्न सक्दैनन् । रिङ्ग ब्याक टोनको बहानामा भएपनि आज सबैले उनलाई श्रद्धासुमन दिई रहेकै छन ।
स्व. गिरिजाप्रसाद कोइरालालाई हार्दिक श्रद्धाञ्जली……………………. ।