सर्बत उद्योगले बनायो महिलालाई आत्मनिर्भर

विनय राज भण्डारी

बर्दिया, जेठ ३० ः नगदेबाली गंहु काटीसकेपछि र वषर्ा शुरु हुनु पुर्व तिन महिनाको समयमा यहंाका थारु महिलालाई अब काम खोज्न टाढा जानु पर्देन । उनिहरुका लागि रोजगारीको थलो बनेको छ बर्दियाको ढोढरी गाविस स्थित नव दुर्गा सामुदायिक बेल सर्बत उद्योग ।

यहांका स्थानिय थारु महिलालाई प्रत्यक्ष रुपमा यस उद्योगले रोजगारी दिएपछि आयस्रोतको बाटो बनेको छ उनिहरुको । सांझ बिहान भान्सा अनि दिनभर घरको करेसाबारिमा काम गर्दा पनि चुरा धागो किन्न श्रीमानसंग हात जोडनु पर्ने बाध्यताबाट मुक्ति पाएको ढोढरी गाविस ओराली बजारकी रमिता चौधरी वताउंछिन् । उनि फुर्सदिलो भइरहेका बेला अहिले रोजगारीबाट पैसा आउन थालेपछि रमिता दंग छिन ।

छ हजार पांचसय ज्याला पाइरहेकी रमिताले उद्योगमा काम गरेको ज्याला पाउनका लागि औला भाच्दै जेठको अन्तिम कुरीरहेकी छिन् । बेलको सिजन र यस बेला उद्योगमा कामको चांप बढेपछि यहां रमिता जस्ता दर्जन भन्दा बढिले महिलाहरुले रोजगार पाएका छन ।

नव दुर्गा सामुदायिक बेल सर्बत उद्योगले जंगलमा खेर गइरहेको बेललाई प्रशोधन गरेर जुस बनाउने गरिन्छ । यस उद्योगमा कामदार महिलाहरु कोहीले बेल ल्याएर पखाल्छन् भने कसैले तयार भएका बोतलमा लेबल लगाउंने काम गर्छन् । यस उद्योगमा काम गर्नर् थालेपछि घर खर्च टार्न सजिलो भएको उनीहरु बताउछन ।

उद्योगबाट राम्रो कमाई हुन थाले पछि उनीहरु खुसी छन । ‘मलाई यस्तो काम गर्नु पर्छ भन्ने थाहा थिएन ।’- रमिताले भनिन – उद्योगमा काम गरेकाले बेल धुने देखी सबै काम जानिसकेकी छु । यसमा राम्रो आम्दानी हुने हुंदा कतिपय महिलाहरु त सिलाई कटाई छोडेर यस उद्योगमा काम गर्न थालेका छन् । ‘बिहान १० बजे देखी बेलुकी ५ बजेसम्म काममा खटिनु पर्छ ,बिचमा १ घण्टा खाजा खानको लाागी समय पाईन्छ । दिनको ७ देखी ८ घण्टा काम गरिन्छ, दैनिक ज्याला २ सय हुन्छ ।’- सिताले बताईन । रातिमा काम हुने भएपनि महिलाले भने काम गर्देनन् ।

‘यस अघि हामीहरुलाई घर चलाउन गाह्रो पर्दथ्यो, छोराछोरी पढाउन मुस्किल थियो । उद्योगमा काम गरेपछि अरुसंग हात थाप्न जानु पर्दैन, यहांबाट कमाएको पैसाले पुग्छ । यसले पनि महिलाहरुको झन आत्मविश्वास बढेको छ – सिताले भनिन ।

दुइ बर्ष अघि स्थापना भएको उद्योगमा अहिलेसम्ममा ५० जना भन्दा बढि महिलाहरु काम गर्ने दक्ष कामदार भएको बेल सर्बत उद्योगका म्यानेजर गिता प्रसाद भट्राईले बताए । उनले भने – उद्योग संचालनका लागी बाहिरबाट कामदार ल्याउनु पर्ने अवस्था छैन । यहिका महिलाहरुले राम्रो काम गरेका छन् । २५ वटा सामुदायिकको आर्थिक सहयोगमा संचालन भएको उद्योगले स्थाई रुपमा २५ जनालाई रोजगार दिएको कार्यालयले जानकारी दिएको छ । बजारीकरण र प्रचार प्रसार हुन नसकेको कारणले सोचे जस्तै गरि उद्योग फस्टाउन नसकेको अध्यक्ष कृष्ण परियारले गुनासो गरे । यहांबाट उत्पादीत बेलको सर्बत नेपालगन्ज दाङ लगाएत विभिन्न शहरमा जाने गरेको छ ।

४ मा ४…. ४ खेलमा कमाल

नेपालगन्ज, २७ जेठ ः नेरी थापा भन्ने वितिकै नचिन्ने कमै होलान । क्रिकेट क्षेत्रमा यो झनै चर्चित नाम हो । उनि मात्र होइन परिवार नै खेल क्षेत्रमा छ । स्थानिय स्तरमा मात्र होइन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै ख्याति कमाएको छ नेरीको परिवारले । नेपालगंज नगरपालिका-१७ निवासी नेरीको परिवारमा चार सदस्य छन् । बुवा वक्सिङ्का खेलाडि हुन भने आमा उसुकी र दिदी ब्याड्मिन्टन र फुटबलकी । परिवारलेनै खेल क्षेत्रमा नाम कमाएको देख्दा उनिहरुलाई चिन्ने सबै दगं परेका छन् । राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत भइसकेकी नेरी क्रिकेट खेल शुरु गरेको तिन वर्षमै अन्तराष्ट्रिय स्तरमै आफुलाई मात्र चिनाइनन् आफ्नो देश नेपाललाई पनि सबैको सामु परिचित गराइन् । अत्यन्त सुशील सिलसोभावकी नेरीले २०६२ साल देखि औपचारीक रुपमा क्रिकेट खेलमा होमिएकी हुन् । २०६२ सालमा नेपालमै पहिलो पटक बाँकेमा आयोजना गरिएको अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा नेरी पहिलो पटक सहभागि भइन् । विभिन्न चरणका खेलहरु पार गर्दै उनलेे आफ्नो टीमलाई फाइनलमा पुर्‍याइ प्रथम स्थान दिलाउन सफल भइन् भने वेष्ट फिल्डिङ्को उपाधी आफुले पाइन् । त्यसपछि अगाडि बढ्यो उनको क्रिकेट जिवन । सोहि वर्ष रोयल स्पोर्टस क्लवले नेपालगंजमा आयोजना गरेको क्लव स्तरीय महिला क्रिकेटमा उनको टीम प्रथम भयो भने नेरीले ओमेन अफ्दी सिरिजको उपाधि पाइन । क्रिकेटमा अलराउण्डर खेलाडीको रुपमा चिनिने नेरीले बलीङमा आफुलाई पोख्त खेलाडी मान्छिन् । ‘सबै ठाउंमा मज्जाले खेल्छु तर बलीङमा बढी रुचि छ’-नेरीले भनिन् । रुची र चाहाना अनुसार उनि क्रिकेटमा लागेकी भने होइनन् । स्थानिय मंगल माविका शिक्षक दुर्गा थापाको प्रेरणाबाट उनि क्रिकेट क्षेत्रमा भित्रिएकी हुन् । आमा निर्मला भन्छिन-क्रिकेट खेल्न जा भन्दा रिसाउंथी भाग्थि, समातेर खेल्न पठाउथ्यौं । अहिले छोरीले नाम कमाउंदा निकै खुशी लागेको छ । वुवा, आमा खेलाडी हुनु र रगंशालासंगै घर जोडिएकोले पनि खेलमा नेरीलाई ठुलो सफलता मिलेको हो । विभिन्न आरोह अवरोह पारगर्दै नेरी राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा छनौट भइन् र टोलीको नेतृत्व गर्दै सन २००७ मा मलेशियामा भएको एशियन महिला क्रिकेट प्रतियोगिता -एसिसि) मा भाग लिने अवसर पाइन् । यस प्रतियोगितामा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो । विभिन्न देशसंग खेल्दै आफ्नो टीमलाई फाइनलमा पुर्‍याइन् नेरीले । वगंलादेशसंगको फाइनल खेलमा पराजय व्यहोरे पनि नेरीले पहिलो पटकमै नेपाललाई एसिसि कपको दोस्रो विजेता बनाउन सफल भइन । आफु पनि एशियन वेष्ट वलर घोषित भइन् । त्यसपछि उनि फेरी अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसि ट्वान्टी ट्वान्टि क्रिकेटमा सहभागि भइन् र यस प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेरी केही दिन अघि राजधानीमा आयोजना भएको वाइवाइ ट्वान्टि ट्वान्टि राष्ट्रिय क्रिकेट प्रतियोगिमा सहभागि भएर फर्किर्र्र्एकी छन् । नेरी हालै मात्र वेष्ट इमर्जिङ एशियन ओमेन क्रिकेर अफ्द इएरबाट सम्मानित भएकी छन् । एशियाली क्रिकेट परिषदद्धारा यहि जुलाइ ५ मा पाकिस्तानमा आयोजना गरिएको एसिसि रजत महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुन तथा खेल अवलोकन गर्न गएकी नेरीले अवार्ड पाउनेमा आफ्नो नाम रहेको त्यतिखेर मात्र थाहा पाइन, जतिखेर महोत्सव मनाइरहेका बेला उनको नाम माइकमा पढेर सुनाइयो । ‘गेम हेर्न गएको मान्छे अवार्ड पाउंछु भन्ने कल्पना पनि गरेकी थिइन-नेरीले हांस्दै भनिन-जब नाम सुनाइयो ममा खुशीको सिमा नै रहेन । उनले चांडै आफुले विवाह नगर्ने र खेललाई निरन्तरता दिने वताउंछिन् । उनि क्रिकेट मात्र होइन व्याडमिन्टनकी पनि अन्र्तराष्ट्रिय खेलाडी हुन । नेरीले व्याडमिन्टनमा आधा दर्जन राष्ट्रिय तथा दुई वटा अन्र्तराष्ट्रिय पदकहरु हात पार्न सफल भएकी छन् । उनले छ वटा राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफु प्रथम भएको वताइन । त्यस्तै सन २००७ मा कोलकातामा भएको साउथ एशियन गेममा तेस्रो भइन भने सन २००८ मा मलेशीयामा भएको एशियन व्याडमिन्टन च्याम्पियनसिपमा सहभगिता जनाएकी थिइन । चीनबाट व्याडमिन्टनको उच्च स्तरको तालीम लिएर नेपाल फर्किएकी १८ वषिर्या नेरी १२ कक्षामा अध्ययनरत छिन । नेरीका वावु लीलु थापा राष्ट्रिय खेलकुद परिषद्मा वक्सिङका प्रशिक्षक छन् । ५१ वषिर्य लीलुले छोरी उत्कृष्ट खेलाडी बनोस र आफु र आफ्नो देशलाई विश्वसामु चिनावस भन्ने आफ्नो चाहना रहेको वताउंछन् । नेरीकी आमा निर्मला पनि उसुकी राष्ट्रिय खेलाडी हुन । श्रीमानको प्रेरणाबाट विवाहपछि मात्र आफुले उसु खेल सिकेको निर्मला वताउंछिन् । उनि धरानमा भएको राष्ट्रिय उसु प्रतियोगितामा दोस्रो भएकी थिइन । निर्मला अहिले शिक्षण पेशामा लागेकी छन् । नेरीकी दिदी मेरी पनि व्याडमिन्टनकी राष्ट्रिय खेलाडी हुन । उनि ३१ औं राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा दोस्रो भएकी थिइन । मेरी अहिले वहिनीको दांजोमा पुग्न क्रिकेट खेल्नमा व्यस्त छन् । उनले आधा दर्जन जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताहरु खेलिसकेकी छन् । दिदी, बहिनी रगंशालामा गएर विहान क्रिकेट र वेलुका व्याडमिन्टन खेल्ने गर्दछन् ।

आधुनिक प्रविधिले तेलीहरुको पेशा संकटमा

नेपालगन्ज, ः पुर्खादेखी तेल पेलेर दैनिक जीवन निर्वाह गर्दै आएका तेलीहरुले अहिले आएर उक्त पेसा छोड्नु परेको छ । नेपालगन्ज-२ बस्ने हरि नारायण साहुलाई आधुनिक प्रविधिका कारण आफ्नो पुख्र्यौली पेशा छोड्नु परेको हो ।
तेल पेलेर जीवन निर्वाह गर्ने भएकोलेनै तेली भनेर चिनिएका साहु जातीले आफ्नो पुख्र्यौली पेशा दिनप्रतिदिन छोड्नु परेको बाध्यता सृर्जना भएको हरि नारायण साहुको भनाई छ । पुरानो प्रविधिले संचालन गरिने उक्त पेशामा अहिलेको नयाँ प्रविधिले त्यो स्थान ओगटी सकेको हुँदा साहु जातिको उक्त पेशा अहिले संकटमा परेको हो । पुरानो प्रविधि अनुसार काठको कोलुमा बैल -गोरु) लाई बाँधेर तोरी पेल्दा १ किलो तोरीको लागि ५ घण्टाभन्दा बढी समय लाग्ने र अहिलेको नयाँ प्रविधिमा १ किलो तोरी पेल्दा आधा घण्टापनि समय नलाग्ने भएको हुँदा आफ्नो पुख्र्यौली पेशा छोड्नु परेको  साहु समाजका उपाध्यक्ष विमल साहुले बताए ।
साहु जाति पहिलेदेखि नै आर्थिक रुपमा पिछडिएको हुँदा तेल पेल्नको लागि आएको पछिल्लो महंगो नयाँ प्रविधिलाई अंगाल्न नसकेको कारण पेशा छोड्नु परेको बाध्यता उत्पन्न भएको विमल साहुको भनाई छ । जुन पेशाले आफूहरुलाई समाजमा चिनाउनमा मद्दत गर्‍यो त्यो पेशालाई छोड्नु परेको बाध्यताप्रति विमलको दुखेसो पनि छ ।
बाँके जिल्लाका अधिकांश गाविस र नगरपालिकामा समेत छरिएर बसेका साहु जातिले पहिले पहिले तेल पेलेर जीवन निर्वाह गर्ने गरेपनि अहिले आएर उनीहरु मध्य ९० प्रतिशतले आफ्नो पुख्र्यौली पेशा छाडी सकेको भन्छन् -साहु समाजका अध्यक्ष हंशराम साहु ।
साहु समुदायमा जनचेतनाको अभाव छ । जनचेतनाको अभावका कारण शुरु देखीनै आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्न नसक्दा अहिले आएर उक्त जातीले दैनिक जिवन निर्वाह गर्न अन्य पेशा अपनाई रहेका छन् । बाँके जिल्लामा बसोबास गर्ने अधिकांश साहु जातीको समुदाय अहिले आएर व्यापारी, नोकरी, ठेला, गाडामा काम गर्ने गरेको अध्यक्ष साहुले बताए ।
पिछडा वर्गभित्र पर्ने साहु जाति आर्थिक, सामाजिक, शैक्षिकरुपमा पीछडिएको छ । राज्यद्वारा नै यो समुदायलाई पिछडा वर्गभित्र समावेश गरिएको छ । समाजका सहसचिव नन्दलाल साहुका अनुसार विभिन्न क्षेत्रमा यो समुदायको पहुँच हुन नसक्दा पनि
राज्यबाट उपेक्षित हुनुपरेको छ ।
एकातिर आफ्नो पुख्र्यौली पेशा छोड्नु पर्ने बाध्यता छ भने अर्कोतर्फ राज्यबाट नै उपेक्षित हुनुपरेको पीडा छ । नन्दलाल साहु अगाडी भन्छन ‘राज्यले हाम्रो पेशालाई संरक्षण गर्न लगानी गरिदिएको भए हामीलाई आफ्नो पेशा छोड्नु पर्ने थिएन ।’
नेपालगन्ज-११ बस्ने लल्लीदेवी साहु आफ्नो समुदायको पुर्खौली पेशा गर्न त चाहन्छिन् तर प्रविधि पुरानो भएको र अहिलेको नयाँ महंगो प्रविधिलाई आर्थिक समस्याका कारण लिन नसक्दा छाड्नु नै उचित भएको भन्छिन् ।
त्यस्तै फुल्टेक्रा बस्ने आरती देवी साहुपनि अब साहु जातीले पुरानो प्रविधिबाट संचालन हुने उक्त पेशालाई छोड्नु नै उचित भएको भन्छिन् । समय अनुसार अब पुर्खौली पेशालाई छोडी नयाँ पेशा अपनाउँदा नै आफ्नो जाती अगाडी बढने आरतीको भनाई छ ।
मधेशी समुदायभित्र पर्ने साहु जाती बाँके जिल्लामा ४ हजार भन्दा बढीको जनसंख्यामा बसोबास गर्छन । आफ्नो समुदाय हरेक क्षेत्रबाट पिछडिएको हुँदा पनि पुख्र्यौली पेशा संरक्षण गर्न नसक्नु यो समुदायको बाध्यता हो । समाजका सचिव बाबुराम साहु राज्यले यो जातीको पेशा संरक्षण गर्न उक्त पेशामाथी लगानी गर्नु पर्ने बताउँछन् ।
राज्यले पेशा संरक्षण गर्न लगानी गर्न सक्दैन भने राज्यको छुट्टै कोटा मार्फत आर्थिक उपार्जनमा सहयोग गर्नु राज्यको जिम्मेवारी भएको सचिव बाबुरामको भनाई छ ।

गिरिजा बाबुको सम्झनामा घन्किन थाले कल ब्याक टोन

नेपालगन्ज,
भाँचियो सारा नेपालीको गजुर
रुवाउँदै हामीलाई जानुभो हजुर
गिरिजाबाबु हामीतपाईलाई
सधंै सधैं सम्झीरहुँला
सधैं सधंै सम्झीरहुँला…..
यो कुनै एल्बमको गीत होईन । यो त आजभोली प्राय हरेकका मोबाईलमा बज्ने रिङ्गटोन हो । गिरिजाप्रसाद कोईरालाको निधनपछि उनको सम्झना र सम्मानस्वरुप यो रिङ्गटोन अहिले अधिकांश नेपालीको मोबाईमा घन्किन्छ ।
प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता र मानवअधिकारको पक्षमा वकालत गर्ने स्व. कोइरालाको मृत्युले सम्पूर्ण देशवासी मर्माहत भई उनको स्मरण र सम्मानस्वरुप उक्त रिङ्गटोन मोबाईलमा राखेको बताउछन् नेपाल पत्रकार महासंघका केन्दि्रय महासचिव पोषण केसी ।
प्रेस स्वतन्त्रताविना देशमा कुनै पनि परिवर्तन हुदैन भन्ने कोईरालाको भनाई र व्यवहारले गर्दा नै शिखर पुरुषलाई स्मरण गर्न रिङ्ग ब्याक टोन राख्न मन लाग्यो-महासचिव केसीले भने ।
काँग्रेसप्रति आस्था राख्ने होस् या गिरिजाप्रति सम्मान गर्ने जो कोहीले आजभोली सम्मान र श्रद्धाञ्जलीको रुपमा गिरिजाबाबुको नाममा बनेको रिङ्ग ब्याक टोन राख्ने गरेका छन् । शिखर पुरुषको मृत्यु हुँदा वास्तविक श्रद्धाञ्जलीको रुपमा गिरिजाबाबुको रिङ्ग ब्याक टोन समसामायीक र सान्दर्भीक लागेको हुँदा राखेको बताउँछन बागेश्वरी असल शासन क्लबका निर्देशक नमस्कार शाह ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्शमा ल्याई पुर्‍याउनमा कोइरालाको महत्वपूर्ण हात छ । पछिल्लो समयमा उनले देश र जनताप्रति गरेको बहुमुल्य योगदानलाई कहिल्यै बिर्सन सकिदैन त्यसैले उनलाई सधै सम्झीरहन र शुभचिन्तक भएको नाताले पनि रिङ्ग ब्याक टोन राखेको भनाई छ नेपाल प्रेस युनियनका सदस्य र सन्चारकर्मी विमल चन्दको ।
कोइरालालेे देखाएको शान्ति, विकास र उनको राजनीतिक इच्छा शक्तिको अनुशरण गर्न र जसले फोन गर्छ उसले पनि एकपटक गिरिजालाई सम्झीन पुगोस् भन्नको लागि रिङ्ग ब्याक टोन राखेको नेपाल विद्यार्थी संघ मब क्याम्पसका इकाई सभापति भुम भण्डारीले बताए । उनले कोइराला नेपालकै अभिभावक भएको कारणले पनि उनको सम्झनामा कपाल काटेको जनाए ।
स्व.कोइराला नेपाली काँग्रेसका मात्र होइनन् पछिल्लो चरणमा उनले सम्पूर्ण देशको लागि गरेको जुन निर्णय थियो त्यो सम्मानयोग्य छ । मुलुकको परिस्थीती अनुसार जनताले ठूलो आशा र अपेक्षा राखेका थिए उनिबाट । उनको आफ्नो राजनीतिक उचाईसंगै सबैलाई मिलाएर लैजान सक्ने क्षमताको कारण पनि उनलाई गुमाउनुपर्दाको पीडा, उनीप्रतिको विश्वास, आस्था नै यो रिङ्ग ब्याक टोन बन्न पुग्यो -नेकपा माओवादीका आईपी खरेलले भने ।
गिरिजाबाट जनताद्धारा पछिल्लो समयमा जुन अपेक्षा गरिएको छ त्यो अविलम्ब पुरा होस् भन्नको लागि र उनको सम्मानको लागि रिङ्गटोन राखेको भन्छन नेकपा एमाले बाूकेका जिल्ला सचिव रत्न खत्री ।
शिखर पुरुष कोइराला अब मात्र नेपालीको मानसपटलमा रहने छन् र सम्झनाको दियोको रुपमा सधै बलि रहनेछन् । उनलाई सम्झन सबैको आ-आफ्नो शैली होला । जसको जे शैली भएपनि उनले देश र जनताप्रति गरेकोे पछिल्लो समयको योगदानलाई कसैले चाहेर पनि भुल्न सक्दैनन् । रिङ्ग ब्याक टोनको बहानामा भएपनि आज सबैले उनलाई श्रद्धासुमन दिई रहेकै छन ।
स्व. गिरिजाप्रसाद कोइरालालाई हार्दिक श्रद्धाञ्जली……………………. ।

जेटीए बनेपछि गर्व गर्छिन् तारा

निता गुरुङ्ग/नेपालगन्ज ः बांकेको बेलभार गाविस वडा नं. ५ स्थित भैयापुरकी तारा बिसी अहिले जेटीए भएकी छन् । उनलाई सबैले जेटीए भनेर बोलाउंदा उनि गर्व महसुुस गर्छिन् । उनलाई गाउं घरका सबैले पशु डाक्टर भनेर बोलाउंछन् र गाउं पुग्ने बित्तिकै उनको घरमा औषधी सोध्नेहरुको घुईचो नै लाग्छ ।
गाउं घरमा कसैको पनि जनावर बिरामी भएमा वा अरु कुनै समस्या परेमा सबै सोझै ताराकै घरमा पुग्छन् । उनलाई गाउंमा रहंदासम्म बिरामी जनावर हेर्ने भ्याईनभ्याई हुन्छ । 
केही बर्षपहिले पढाई अघि बढाउन पाउने समते ताराले सोचेकी थिईनन् । एसएलसी पास गरेर उनि घरमा थन्किएकी थिईन् । त्यसैबेला प्लान नेपालको सहयोगमा स्याक नेपालले गाउंमा किशोरी शिक्षाका कक्षाहरु सुरु गरेको थियो । ताराले त्यसलाई राम्रो अवसर ठानिन र सहभागी भईन् । अहिले उनलाई त्यही निर्णयले आफ्नो भाग्य खोलेजस्तो लाग्छ । ’cause, उनले प्लान जर्मनको सुनौलो भविष्य तथा शैक्षिक सहयोग -बीएलईएसएस) कार्यक्रमबाट पन्ध्र महिने भेटनरी जेटिए तालिम लिने मौका पाइन् र जेटीए बनिन् । 

अहिले उनले जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा.पुष्पराज श्रेष्ठको नेपालगन्जस्थित नीजि भेटनरी क्लिनिकमा काम पाएकी छन् । प्रयोगात्मक अभ्यासका लागि जिल्ला पशु कार्यालय पुगेकी उनको लगनशीलताबाट प्रभावित भएर श्रेष्ठले आफ्नो क्लिनिकमा उनलाई नियुक्त गरेका हुन् । डा श्रेष्ठ ताराको प्रशंसा गर्दै भन्छन्- अभ्यासमा आएकाहरुमध्ये उनी उत्कृष्ट थिईन् । ताराले जेटीए तालिम गरेपछि अहिले उनको परिवार मात्र हैन, गाउघरवासी र नातेदारसमेत खुशी छन् । गाउंका तालिम र बैठकमा धेरैले ताराको उदाहरण दिएर किशोरीहरुलाई उत्साहित गर्ने गरेका छन् । बिदाको दिन उनी आफ्नो गाउं जान्छिन् । ‘घर जांदा औषधी सोध्न आउनेको भिडै लाग्छ’-उनले भनिन् । ताराको गाउं र ’roundका अधिकांश बासिन्दाको मुख्य पेसा पशुपालन र कृषि हो । त्यसैले धेरैले उनलाई गाउंमै एग्रोभेट खोल्न सल्लाह पनि दिएका छन् । सो क्षेत्रकी उनी एक्ली जेटिए हुन् । 

ताराको भेटनरी जेटिए अन्तिम परिक्षाको रिजल्ट आउन अझै दुई महिना लाग्नेछ । तर, उनले अहिल्यै ‘जेटिए’को उपाधि पाईसकेकी छन् । उनी अहिले भावी योजना पनि बुन्दैछिन् । अवसर पाए भेटनरीमै आईएस्सी/ बीएस्सी गर्ने उनको इच्छा छ । तत्काल भने ताराका अघिल्तिर तीन विकल्प छन् । पहिलो- उनी लोकसेवा आयोगको परिक्षा उत्तिर्ण गरेर सरकारी जागिरे हुनसक्छिन् । दोस्रो- गैरसरकारी संघ-संस्थामा जागिर खाने हुनसक्छ । भेटनरी क्लिनिकमा जागिर खाने वा आफै एग्रोभेट खोल्ने उनका लागि तेस्रो विकल्प हुनसक्छ । तर, उनको पहिलो रोजाई सरकारी जागिर हो । तारा हांस्दै भन्छिन्-‘सरकारी जागिर पाए अरु विकल्प खोज्दिन ।’ 

तारा औसत विपन्न परिवारमध्येकी छोरी हुन् जस्ले एसएलसी पास भएपछि पढाई टुंगिएको ठान्छन् । उच्च शिक्षा पढन घरको आर्थिक अवस्थाले दिदैन । न त, रोजगारीका लागि कतै पहंुच हुन्छ । क्याम्पस भर्ना गरिदिन आग्रह गर्दा उनकी आमाले भन्ने गरेको शब्द अहिले पनि उनको मुखमै छ,-‘तलाई मात्र पढाएर हुन्छ ? दुईटा बहिनीलाई पढाउन बाुकी नै छ । पैंसा छैन, त्यसैले तेरो पढाई अब पुग्यो ।’ उनको गाउँमा एसएलसी पास गर्नुलाई विवाहका लागि उपयुक्त योग्यता मानिन्थ्यो । त्यसैले उनकी आमा पढाउन हैन, छोरीको विवाह गराउन हतारिईरहेकी थिईन् । 

ताराका संगिनीहरु क्याम्पस र प्लस टु भर्ना भए । तर, उनको दैनिकी घरधन्दा र गाई-गोठालोमै एक बर्ष बितेको स्मरण गर्छिन् उनि । ‘संगैका साथीहरु क्याम्पस गएको देख्दा नरमाइलो लाग्थ्यो’ उनी दुई बर्षअघिका दिनहरु सम्भिन्छिन्-पढ्ने इच्छा भए पनि कुनै उपाय थिएन । गाउंमा उनको परिवारको १० कठ्ठा ऐलानी जग्गा छ । रोजगारी खोज्न भारत गएका उनका बुवा दानसिंह १० बर्षदेखि बेपत्ता छन् । आमाले मजदुरी गरेर घरखर्च चलाउथिन् त्यसैले त्यो बेला बिहेका लागि आउने उमेर नमिल्ने थुप्रै प्रस्तावहरु ताराले अस्वीकार गर्नुपर्‍यो । सामाजिक तथा आर्थिक कारणले विद्यालय छोड्न बाध्य भएका उनीजस्तै बाकेका आठ किशोरीहरुले सामुदायिक स्वास्थ्य सहायक तथा पशु सहायक सम्बन्धी व्यवसायिक तालिम पाएका छन् । 

मलाई सबैले बिर्से जस्तो छ, हास्रुन

अथक प्रयासपछि श्रीमानको नाममा नागरिकता पाएपछि

‘संघसंस्थाहरुको सहयोगले गर्दा आज म तपाईहरुको माँझमा यसरी कुरा गर्न सक्ने भएको छु । नत्र मेरो श्रीमान र उसको घरपरिवारले त मलाई जिउँदै जलाएर मार्ने प्रयास गरेको थियो ।’ ढाई वर्ष अगाडी घरेलु हिंसामा परेकी हास्रुन ईदि्रसिले आफ्नो बेदना यसरी पोखिन् ।
‘संघसंस्थाको अथक प्रयासपछि आज म बाँच्न त सफल भए तर अब अगाडीको जीवन कसरी बिताउने
मेरो अगाडी ठूलो प्रश्न चिन्ह खडा भएको छ’ ईदि्रसिले थपिन-‘मेरो दुईवटा नाबालक बच्चा छन् उनीहरुको भविष्य के हुने हो मेरो लागि चिन्ताको विषय भएको छ ।’
४ वर्षका छोरा र ३ वर्षकी छोरीको शिक्षाको विषयलाई लिएर एकदमै चिन्तित देखिएकी ईदि्रसिले फातिमा फाउण्डेसनको सहयोगले माईती परसपुर-७ मा नै एउटा सानो किराना पसल खोलेर बसेकी छन ।  तर त्यो सानो पसलको आम्दानीले उनले दुई बच्चालाई राम्रो शिक्षा दिन नसकिएको जनाउँदै छोराछोरीको भविष्यप्रति सार्‍है चिन्तित छन् ।
आफ्नो आर्थिक अवस्था नाजुक भएकोले ईदि्रसिको चाहना छ, संघसंस्थाले जसरी उनलाई मृत्युको गहिराईबाट बाहिर ल्याउन मद्दत गरेको थियो ठीक त्यसरी नै अब एक पटक बच्चाहरुको भविष्यको लागि  पहल गरिदिए हुने थियो ।
उपचारको लागि सहयोग पाए पनि भविष्य त अझैपनि अन्धकारमय नै रहेको बताउँदै उनले विभिन्न संघसंस्थाले सहयोग गर्छु गर्छु भनेको तर सहयोग अझैसम्म नपाएको पनि गुनासो पोखेकी छन् ।
विगतका दिनहरुमा उनलाई संघसंस्थाले घरमा नै आएर सहयोग गरेको स्मरण गर्दै  तर आज सबैले बिर्से जस्तो अनुभव पनि उनलाई हुन थालेको छ । ईदि्रसिले निरास मुद्रामा आफ्नो भनाई राख्दै भनिन्-‘घरेलु हिंसामा परेर आज म शारीरिक र आर्थिक रुपमा कमजोर भएको छु । अब त मलाई सबैले बिर्सदैं गएका छन् जस्तो छ, मलाई अब दिर्घकालिन सहयोगको खाँचो छ ।’
माईतीको आश्रयमा बस्दै आएकी ईदि्रसिलाई नागरिकता नभएको हुँदा सहयोग हुन गार्‍हो भएको बताईएपछि उनले जेनतेन गरेर नागरिकता पनि बनाईन, तर सहयोग भने कतैबाट नपाएको उनको गुनासो छ । उनले भनिन्-‘अब त मसँग नागरिकता पनि छ, तर खोई त सहयोग ?’ आफु जस्तै पीडितहरुको लागि भनेर सहयोग त आउँछ तर आफूले भने सहयोग नपाउने गरेको ईदि्रसिको भनाई छ ।
श्रीमानको नाउँबाट नागरिकता पाउँदाको अनुभव सुनाउँदै ईदि्रसि भन्छिन-‘श्रीमानको नाउँबाट नागरिकता लिन खोज्दा मैले धेरै समस्याको सामना गर्नु पर्‍या,े त्यसमा मलाई साथी संस्था र जिल्ला प्रशासन कार्यालयबाट सहयोग नभएको भए सायद आज मसँग नागरिकता हुँदैनथियो ।’
केही समयपछि श्रीमान र सासु जेलबाट निस्कदै छन् उनीहरु जेलबाट निस्केर आफूलाई केही गर्ने पो हो कि भन्ने अर्को ठूलो चिन्ता छ उनलाई । अहिले उनी आफ्नो र छोराछोरीको सुरक्षाको चिन्तामा सबै भन्दा बढी समय बिताउँछिन् । उनले भनिन-‘मेरो अहिलेको मुख्य चिन्ताको विषय उनीहरु जेलबाट बाहिर आएपछि र मेरो अवस्था यस्तै नै रही रहने हो भने उनीहरुले मलाई जे पनि गर्न सक्छन् ।’
भनेको जति दाईजो नल्याएको भन्दै २०६४ कार्त्तिक २० गते ईदि्रसिलाई उनको आफ्नै श्रीमान र घरपरिवारले मट्टतिेल हालेर जिउँदै जलाई दिएको थियो । ईदि्रसीलाई जिउँदै जलाउने प्रयास गर्ने उनका श्रीमान वसिम अहमद ईदि्रसिलाई ७ वर्षको जेल र सासु रुकसाना ईदि्रसिलाई ५ वर्षको जेल सजाय भएको छ ।